काठमाडौँ कार्तिक २३ आज लोकप्रिय चर्चीत गायक संगीतकार कन्हैया सिंह को आलाप ३ एल्बम बिमोचन समारोह बागबजार स्थित सिटि म्याक्स मा सम्मपन्न भएको छ ! समारोहमा नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठान का उपकुलपति तथा चर्चीत संगीतकार सम्भुजित बास्कोटा, लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठ,, विडियो निर्देशक बिकाश घले, गीतकार डिआर राइ, पत्रकार गीतकार सुमन बैरागी, चलचीत्र पत्रकार संघका अध्यक्ष्य शान्ति प्रिय, लगायत अन्य गीत संगीत संग सम्बन्धित र मिडिया कर्मी को बाक्लो उपस्थिति
रहेको थियो ! यस एल्बममा एक गीतमा गायक स्वयम् कन्हैया सिंह को संगीत रहेको छ ! भने बाँकि अरु गीतमा लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठ को संगीत रहेको छ ! यस एल्बममा जम्मा ५ वटा गीत समाबेश छन् ! जुनगीत मध्ये ३ वटा गीत को म्युजीक विडियो पनि देखाएको थियो ! अन्तमा गायक कन्हैया सिंह ले बोल्दै भने मैले घरको तला थपेको छैन बरु सांगीतिक क्षेत्रमा तला थप्ने काम गरेको छु ! यस बिमोचन कार्यक्रम लाई सम्पन्न गर्ने काम म्युजिक खबर डट कम ले गरेको थियो ! (विडियो सहित )