विभिन्न म्युजिक भिडियो हुँदै नेपाली फिल्म (पटुकिमा) धमाकेदार प्रवेश नायक जेम्स बि.सी !

0
4194

मोडलिङ विधाबाट कलाकारिता क्षेत्रमा भित्रिएका जेम्स बि .सी तथा फिल्म परदेशबाट चर्चामा आएकी रजनी के .सी अभिनित नयाँ फिल्म पटुकीको फस्टलुक पोस्टर र गीत सार्बजनिक भएको छ ! हाल सम्म ७० भन्दा बढी म्युजिक भिडियोमा आफुलाई प्रस्तुत गरि सकेका जेम्स बि. सी यसै चलचित्रबाट नेपालि रजत पट्मा भित्रिएका छन् ! भने रजनी केसीले यस अघि अन्य सिनेमामा काम गरिसकेकी छिन् ! पुष २१ गते बाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई राम नेपालले निर्देशन गरेका हुन् ! यस अघि यो फिल्म पुष १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा थियो ! तर केहि कारणबश १४ गतेबाट २१ गतेमा सरेको छ ! फिल्ममा जेम्स बि. सी (विवेक) को भूमिकामा जो( प्राप्ति) यानकी रजनिको तस्बिर मात्र हेरेको भरमा असाध्यै माया गर्ने प्रेमी र रजनी नाच्ने गाउने र गाउँले मन भएकी केटीको भूमिकामा रहेकी छिन् ! पोखरा चितवन र काठमाण्डौमा छायांकन भएको फिल्म पटुकी लगभग प्राबिधिक कार्य सकिसकेको छ ! यस फिल्ममा जेम्स बिसी र रजनी के. सी लगायत निर्माता क्याप्टेन (कालु) दिपक कंडेल, रोजी श्रेष्ठ , हरि गुरुङ, लगायतका कलाकारको पनि बेजोड भूमिका रहेको फिल्म पटुकी पुष २१ गतेबाट अल नेपाल भब्य प्रदर्शनको तयारीमा रहेको छ ,,नायक जेम्स बिसीलाई चलचित्र पटुकिले नेपाली रजत पट्मा स्थापित गर्ला त ? त्यो भने फिल्म हेरेपछिनै थाहहुने छ ! आउनुस २१ गतेसम्म चलचित्र पटुकीलाई प्रतिक्षा गरौँ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here