मोबाइल फोन किन्नुहोस : सलमानको कार्यक्रमको टिकट पाउनुहोस !

0
1830

फागुन ११ शुक्रबार काठमाण्डौ ! के एल मोबाइल हबले गरेको मोबाइल मेलामा एउटा स्मार्ट मोबाइल किन्दा वा मोबाइल एक्सचेन्ज गर्दा यहि मार्च १० तुंडीखेलमा हुन लागेको बलिबुड स्टार सालमान खानको कार्यक्रमको टिकट सित्तैमा दिने घोषणा के एल मोबाइलका प्रबन्ध निर्देशक अलाइभ गलाईडरले जानकारी दिए ! मोबाइल मेलामा ग्राहकको चाप अत्यधिक भएपछि मोबाइल हभ परिसरमा हात खालि नजाने उपहारहरु योजनामा मोबाइल किन्नेहरूको भिडलाई लक्षित गर्दै यस्तो योजना सुरु गरिएको मेलाका महाप्रबन्ध निर्देशक गलाईडरले बताए ! उनले भने मेला अवधिभर विश्व बजारका चर्चित ब्राण्डका मोबाइलहरु सस्तोमा किन्न पाइने र एक्सचेन्ज गर्न पाउने ब्यबस्था पनि गरिएको र ! एक्सचेन्ज वा मोबाइल किने बापत बलिबुड स्टारको कार्यक्रमको टिकेट सित्तैमा पाउने अवसर ग्राहक वर्गहरुलाई दीएको हो ! उनले भने के एल मोबाइल हबका साथै सिटिभी मोबाइल ताम्राकार कम्पलेक्स , एप्पल वर्ल्ड भिजन दरवारमार्ग वर्ल्ड भिजन सिटिसी मलमा मोबाइल किन्नेहरूले उक्त कार्यक्रमहरुको टिकट सित्तैमा पाउने छन् ! एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा र खेल खेलेर मोबाइल जित्ने अफर सहित सुरु गरिएको मोबाइल मेलामा यस्तो अफरको कारण ग्राहकको भिड बढेको र यसका साथै अहिले सम्मकै सबै भन्दा सस्तो दरमा किन्न सकिने पनि ब्यबस्था भएको महाप्रवन्ध निर्देशक बताउँछन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here