मोरङको उर्लाबारीमा मोबाइल भ्यानमा बसेका बेला आफैले बोकेको बन्दुक पड्किँदा प्रहरी जवान गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीको बा १ झ ६४५० नं को मोबाइल भ्यानमा रहेका प्रहरी जवान सञ्जीव खड्काले बोकेको राइफल पड्किदा सोमबार बिहान उनी घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङकाकाअनुसार खड्काको छातीको दाहिने भागमा गोली लागेको छ । गोलीले उनको छाती छाडेर प्रहरी भ्यानको छत पनि दुलो परेको छ । घाइते जवानको विराटनगरस्थित न्यूरो अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ ।
गस्तीका क्रममा उर्लाबारी नगरपालिका वडा नं. ३ स्थित थापा चौकमा पुग्दा खड्काले बोकेको इन्फिल्ड मार्काफोर १ राइफल एक्कासी पड्किएको प्रहरीको भनाइ छ । सो विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।ओएस नेपाल |