मोरङमा सञ्चालित ठूला निजी अस्पतालमा ‘मनपरी’ शुल्क असुल्दै |

0
1214

मोरङ, मंसिर ६
मोरङमा सञ्चालित ठूला निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा बेडचार्ज शुल्क असुल्ने गरेका छन्। नियमनकारी निकायले पर्याप्त चासो नदिँदा मोरङको विराटनगरमा सञ्चालित निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा शैया शुल्क लिने गरेका गुनासो सेवाग्रही सुभाष कामतले गरे। यस्तो महँगो शुल्क तिर्नु पर्दा बिरामीहरु मर्कामा परेका छन् !

मोरङको न्यूरो अस्पतालले सामान्य शैयामा एक दिन बिरामी राखेको आठ सय देखि दुई हजार रुपैयाँसम्म शुःल्क लिने गरेको छ। न्यूरोले सामान्य क्याबिनको तीन हजार, डिलक्सको चार हजार र आइसियुको दैनिक छ हजार रुपैयाँ शुल्क लिने गरेको छ।

त्यस्तै, विराट नर्सिङ होमले बेड शुल्क एक हजार २५०, डिलक्सको दुई हजार ७७५ र सुपर डिलक्सको नाममा तीन हजार ८८० रुपैयाँ प्रतिदिन शुल्क असुल्दै आएको छ। त्यस्तै, आइसियुको छ हजार रुपैयाँ लिने गरेको छ । पैसा भएका धनिभनौदा त सक्लान तर आर्थिक कम्जोर भएकाले के गर्ने ? सवाल उठ्छ यहाँ

ग्रिनक्रस अस्पतालले सामान्य शैयाको एक हजार ५० देखि दुई हजार पाँच सयसम्म शुल्क लिने गरेको छ। ग्रिनक्रसले आइसियुको सात हजार रुपैयाँ लिने गरेको छ भने, लाइफगार्ड अस्पतालले सामान्य बेड शुल्क एक हजार, डिलक्सको तीन हजार र आइसियुको छ हजार रुपैयाँ बेड शुल्क असुल्दै आएका छन्।

विराटनगरका निजी अस्पतालले मनोमानी ढंगले वेड शुल्क असुलेको भन्दै विरामीले असन्तुष्टि व्यक्त गरेका छन्। स्थानीय कुलदीप शर्माले भने, ‘अस्पताल खोल्ने र सेवा दिने भन्ने, तर पैसा चाँहि ढाडै भाँच्ने गरी लिने, अनि कसरी सेवा भयो त?’

जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङका स्वास्थ्य संस्था निरीक्षक बृजेश यादवले निजी अस्पताललाई पटकपटक शुल्क समायोजन गर्न आग्रह गरे पनि कार्यान्वयनमा चासो नदिएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here