म्यादी प्रहरीमाथि प्रहरीको लाठि चार्ज ,सात जना घाईते !

0
1242

पुष ३ सोमबार काठमाण्डौ !
दोलखा < श्रम शोषण र पारिश्रमिकमा विभेद गरिएको भन्दै दोलखामा म्यादी प्रहरी आन्दोलित भएका छन् ! पारिश्रमिक र खानामा विभेद गर्दै जिल्ला प्रहरी कार्यालयले सुरक्षामा खटिने म्यादी प्रहरीलाइ ज्यामीको काम समेत लगाएको भन्दै उनीहरु आन्दोलित भएका छन् ! सदरमुकाम चरिकोटमा सोमबार आन्दोलित बनेका म्यादीमाथि प्रहरीले लाठि चार्ज पनि गरेको छ ! त्यसक्रममा म्यादी प्रहरी संगीता नेपालिसहित सातजना घाइते भएका छन् !
घाइते संगीतालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ! म्यादीका अनुसार जिल्ला प्रहरी कार्यालयले आफुहरुको पारिश्रमिक बाट खाना खर्चको नाममा मनलाग्दी पैसा काटिदिएको छ!
खाना खुवाए बापत प्रहरी जवानहरुबाट प्रति छाक ६० रुपैंया काटेको जिप्रकाले म्यादीबाट भने ९५ रुपैंया प्रति छाक पैसा काटिदिएको गुनासो उनीहरुले गरेका छन् ! त्यसै गरि महिला म्यादिहरु माथी दुर्ब्यबहार गरिएको गुनासो पनि उनीहरुको छ ! जिप्रकाले सुरक्षामा खताउन छाडेर पुरुष म्यदिलाई प्रखाल लगाउने सहितका ज्यामीकाम लगाएको बताइएको छ !आफुहरु अन्यायमा परेको भन्दै दोलखामा कार्यरत करिब सात सय ५ जना म्यादिहरु सडकमा उत्रिएका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here