यति यति पानि भन्दै क्लबमा अनमोलको डान्स !

0
1265

पुष १२ बुधबार !
दुई साता अघि नायक अनमोल केसी अभिनित चलचित्र क्रीको ट्रेलर सार्बजनिक भयो ! लामो समय सम्म ट्रेनडिङमा बसेको उक्त ट्रेलरलाइ हाल सम्म १५ लाख बढीले हेरिसकेका छन् ! ७ हजार बढी कमेन्ट आएको ट्रेलरमा अनमोलको द्वन्दात्मक शैली उनको गेटअप लाई दर्शकले रुचाएका छन् ! ट्रेलरले पाएको सकारात्मक प्रतिक्रियालाइ नियाल्दै निर्माण टिमले अब क्लब गीत सार्बजनिक गर्ने तयारीमा लागेको छ ! चलचित्रका निर्माता सुवास गिरीले आफ्नो फेशबुकमा स्टाटस राख्दै क्री,को यति यति पानि गङगइ रानी बोल रहेको गीत डिसेम्बर ३१ तारिखमा रिलिज गरिने जनाएका छन् ! अंग्रेजी नयाँ बर्षको शुभकामना स्वरुप गीत सार्बजनिक गर्न लागिएको उनले लेखेका छन् !
रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको गीतमा अनमोल केसी क्लबमा नाचेका छन् ! अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको गीतमा मिस्टर आर्जेको शब्द संगीत रहेको छ ! गीतलाई पुरुषोत्तम प्रधानले खिचेका छन् ! सुवास ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण द सुपर काजल फिल्मस्ले प्रस्तुति रहेको चलचित्र क्री,मा सुवास गिरि र भुवन केसीको संयुक्त लगानी रहेको छ ! माघ २६ गतेबाट प्रदर्शनको तयारी गरिरहेको चलचित्रमा अनमोलको साथमा अदिति बुढाथोकी , अनुप बिक्रम शाही , लगायतका कलाकारको अभिनय रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here