काठमाण्डौ१कार्तिक
नेपालीको महान चाड तिहारको दोस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई मिठो मिठो खान दियर मनाइदै।वैवस्वत मन्वन्तरको कुरमा जन्मियको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दियको धार्मिक बिस्वास छ।कुकुरलाई सुरक्षामा भरपर्दो घरपालुवा जनावरको रुपमा लिइन्छ।आजभोली घरमा कुकुर पाल्नाले मुटु र मदुमेह रोग लाग्दैन भनी बिस्वास गर्नेहरुको सङ्ख्या बढेको पाइन्छ।कृष्ण चतुर्दसीका दिन कुकुरलाइ मिठो मिठो खान दिय यमराजको ढोकामा द्वारपालक रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जादा बाटो छोडिदिने धार्मिक बिश्वासका आधारमा कुकुर तिहार गरिने धर्मशास्त्रबिद एबम् नेपाल पत्रचाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो।तिहारको पाँच दिनमा तीलको तेल लगायर स्नान गर्ने प्रचलन समेत रहेको छ।