यि चार बर्षकी नानी ब्लड क्यान्सरले ग्रस्त मृत्यु संग लड्दै !

0
1807

पौष २६ बिहिबार काठमान्डौ! बिचरा यि चार बर्षकी नानी लांउ लांउ खांउ खांउ भन्ने उमेरमा उनि अहिले मृत्युको दो सांधमा छीन ! दैव पनी कत्ति निष्ठुरी, तर के गर्ने रोगले ठुलो सानो धनि गरीब केहि नभन्दो रहेछ ! ओखल ढुंगा निवासी कृष्टिना सुनुवार अहिले सिभिल सर्भिस हस्पिटलमा ब्लड क्यान्सर रोग संग अथवा भनौ मृत्यु संग लड्दै छिन ! उनका बुवा घर घडेरी जाय ज्यथा सबै बेचेर छोरीलाई बचाउनका लागी खर्च गरी सके, तर त्यतिले मात्रै पुगेन तर अब उनि सुन्यमा छन ! डक्टरहरू भन्छन अझै पच्चिस लाख लाग्छ! उनका बुवा सबै संघ संस्था धाईरहेका छन ! तर पनी भन्छननी, सांस रहुन्जेल आश रहन्छ त्यसैले बिदेश बाट देशबाट अलि अलि रकम जुट्दैछ ! यो महान कार्यमा दाहिने हाथ भएर खडा हुने जमर्को गरिरहेकोछ संध्या फाउन्डेसन, कृष्टिना बचाउ अभियान तथा बृहद सांस्कृतिक कार्यक्रम यहि फाल्गुन पांच गते गर्ने भएको संध्या फाउन्डेसनका अध्यक्ष गायक/संगीतकार पुस्कर सुनुवारले जानकारी दिनुभयो! यहि फाउन्डेसनको आफ्नो एकाउन्टमा कृष्टिनाको सहयोगार्थ केहि रकम देश बिदेशबाट आउने क्रम जारी छ ! यो रकम लगायत सांस्कृतिक कार्यक्रमबाट उठेको रकम संध्या फाउन्डेसनले पत्रकार संमेलन गरी कृष्टिनाका बुवा निरकुमार रूपाचा लाई हस्तान्तरण गर्ने पनी संध्या फाउन्डेसनका अध्यक्ष एबम गायक संगीतकार पुस्कर सुनुवारले जाकारी दिनुभयो! आउनुहोस यो महान कार्यमा तपाई हामिहरू सबै सहभागी हौं! सेवा नै परम धर्म हो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here