यी नायकले स्टन्टम्यान बिनानै फिल्ममा एक्सन दिने गर्छन |

0
835

साउन २९ काठमाण्डौ | बलिउडमा पछील्लो समय निक्कै एक्सन फिल्म निर्माण हुने गर्छ । उक्त एक्सन फिल्महरुमा धेरै नायकहरुले खतरानक एक्सन सिन दिनको लागि स्टन्टम्यानको सहयोग लिने गर्दछन् । बलिउडमा कोहि यस्ता नायक पनि छन् जो यी सिनहरुमा स्टन्टम्यानको हेल्प बिना नै खतरनाक सिन दिने गर्दछन् । ति नायकहरु को हुन् भन्ने पक्कै तपाईंलाई जिज्ञासा छ ।

अभिनेता जोन अब्राहम पनि बलियो नायकमा गनिन्छन् । उनले फिल्मका एक्सन सिन र स्टनटहरु आफै गर्ने गर्दछन् । एक कार्यक्रममा त उनले सबैको अघि बाइक नै उठाएर देखाईदिएका थिए । उनको जवर्जस्त एक्सन देखेर सबै जना चकित परेका थिए ।स्रोत ओएस नेपाल |

अर्का बलिउडमा चाँडै रिसाउने अभिनेताको रुपमा चिनिन्छन् सनी देओल । उनी बलिउडका बलिया हिरो हरुमा एक हुन् । कुनै समय रिसमा उनले अभिनेता अनिल कपूरको घांटी समेत थिचेका थिए । त्यसैले पनि उनि संग धेरै कलाकार डराउने गर्दथे । यता बलिउडका एक्सन गुरु अक्षय कुमारले पनि स्टनटम्यानको सहयोग बिना नै खतरनाक एक्सन सिनहरु समेत आफैं दिने गर्दछन् ।

बलवान नायकको सुचीमा नायक विद्युल पनि पर्ने गर्दछन् । उनि अभिनेता मात्र नभई मार्शल आर्टिस्ट समेत रहेका छन् । यता अहिलेका चर्चित नायक टाइगर श्राफ युवापुस्ता माझ बिशेष गरि एक्सन नायकका रुपमा चिनिने गर्छन् । उनका एक्सनलाई दर्शकले मन पराउने गरेका छन् । आफ्नो फिल्मका स्टनट हरु उनि आफैं गर्न पनि पछि हट्दैनन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here