योगेश भट्टराईले भने; ‘गोविन्द केसी झुठको पुलिन्दा हो, मागहरु बेकार छन्,

0
148

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चिकित्सा शिक्षाका लागि लड्दै आएका सत्याग्रही डाक्टर गोविन्द केसीलाई झुठको पुलिन्दा भनेका छन्।

मन्त्री भट्टराईले अनसनरत केसीको व्यवहार भन्ने एउटा र गर्ने अर्कै जस्तो भएको टिप्पणी गरे। डाक्टर केसीलाई प्रहरीले बल गरेर जबरजस्ती घिसारेका बेला चौतर्फी विरोध भइरहेको छ। तर मन्त्री भट्टराईले भने केसीको इन्टेन्सन नै गलत भएको जिकिर गरे। केसीले सरकार र नेपाली जनतासँग इमोशनल ब्ल्याकमेलिङ गरेको आरोप लगाए। ‘यसमा कतिपय कुरा यस्ता छन् कि यो इमोशनल ब्ल्याकमेलिङ हो ।

इमोशनल ब्ल्याकमेलिङ राम्रो होइन,’ नागरिक नेटवर्कसँगको कुराकानीमा भट्टराईले भने। गोविन्द केसी राम्रो डाक्टर र सम्मानित व्यक्ति भए पनि उनको गतिविधि भन्ने एउटा गर्ने अर्कै भएको भट्टराईको आरोप छ।

‘कांग्रेसको सरकार हुँदा पनि मैले गोविन्द केसीका कतिपय कुरा गलत छन् भनेको थिए । अहिले सरकारको विरोध गर्योद भनेर मात्र भनेको होइन,’ भट्टराई दावी गर्छन्। मन्त्री भट्टराईले केसीका माग कसले सम्बोधन गर्ने भनी प्रश्न गरे। ‘मेडिकल कलेज खोल्नुपर्छ, त्यो गर्नुपर्छ, उ गर्नुपर्छ। त्यो कसले व्यहोर्न सक्छ त्यो गर्नलाई?’ केसीको मागका नियत नै गलत भएको भट्टराईको भनाई छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here