यो हप्ता ब्ल्याक, मिस्टर भर्जिन, बाह्रमासे र जय शम्भु भिड्दै , बाजी कसले मर्ला ?

0
875

भाद्र ५ काठमाण्डौ । भदौको पहिलो दिन शुक्रबार नै ब्ल्याक, मिस्टर भर्जिन, बाह्रमासे र जय शम्भु प्रर्दशनमा आउँदैछन् । यी चलचित्रका निर्माताले कम्तीमा ८० लाखदेखि सवा दुई करोडसम्म लगानी गरेका छन् । तर कुनै पनि चलचित्रले फाइदा गर्ने छाँटकाँट देखिँदैन ।
एक चलचित्र विज्ञ भन्छन्, ‘एउटा चलचित्रले लगानी मात्रै उठाउन लगानीको तेब्बर आम्दानी गर्नुपर्छ । यो अवस्था अहिले पटक्कै देखिँदैन ।’
भदौको पहिलो हप्ता के होला ?

यो महिनाको पहिलो साता ब्ल्याक, मिस्टर भर्जिन, जय शम्भु, बाह्रमासे कसले व्यापारिक रूपमा सफलता पाउलान् भन्न अहिले नै कठिन छ । किनकी नेपाली चलचित्रका दर्शकको मन बुझ्न निकै गाह्रो । चलचित्र निर्देशक तथा निर्माता निर्मल शर्मा भन्छन्, ‘चलचित्र चलाउनेनै हो भने मेहेनत गरेर चलचित्रलाई नै राम्रो बनाएर चलाउनुपर्छ, दर्शकको आखाँमा छारो हाले झैं गरेर अब चलचत्रि चल्दैनन् ।’

‘कुनैपनि चलचित्र निर्माताले एकपटक चलचित्रमा गरेको लगानी डुबिसकेपछि उसले आफ्नो लगानीमा कहिल्यै चलचित्र बनाउँदैन,’ नाम नखुलाउने शर्तमा एक निर्देशक थप्छन्, ‘त्यो चलचित्रमा डुबाएको पैसा असुल्न उसले अर्को निर्माता डुबाउँछ र यो क्रम बढिरहन्छ ।’
एकले अर्कालाई ठग्ने प्रवृत्तिको अन्त्य नहुँदासम्म नेपालका चलचित्र फ्लप भइरहने उनको तर्क छ । नेपाली चलचित्रका विज्ञहरू नेपालमा चलचित्रसँग सम्बन्धित विशेष खालका कानूनको तत्काल आवश्यकता रहेको र त्यो नहुँदासम्म नेपाली चलचित्र जुधेरै मर्ने बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here