रणवीरले आलियाका लागी घटाए २० किलो तौल |

0
782

एजेन्सी -रणवीर सिंहले आलिया भट्टका साथ गली ब्वाय नामक फिल्मको सुटिङ सुरु गरेका छन् । जोया अख्तरको निर्देशनमा बनिरहेको फिल्ममा रणवीर सडक युवाको भूमिकामा रहेको बताइन्छ । उनले यो फिल्मका लागि झन्डै २० किलो तौल घटाएको खबरले अहिले चर्चा पाएको छ ।
पद्मावत फिल्मका लागि तौल बढाएका रणवीरले गली ब्वायका लागि अहोरात्र मिहिनेत गरेर तौल घटाएका हुन् । पद्मावतमा उनी अलाउद्दिन खिल्जीको भूमिकामा छन् । सो भूमिकाका लागि उनले तौल बढाउनुपरेको थियो ।नयाँ पत्रिकाले छापेको छ ।

त्यसका लागि उनले मात्रा मिलाएर डाइट खानुका साथै घन्टौँ जिम गर्ने गर्दथे । गली ब्वाय र्‍यापर डिभाइन र नैजीको जीवनकहानीबाट लिइएको बताइने गरिएको भए पनि निर्देशक जोयाले भने अस्वीकार गर्दै आएकी छिन् । उनले आफ्नो फिल्मको कथा कसैबाट पनि प्रभावित नभएको बताउने गर्छिन् । फिल्ममा रणवीर गरिब बस्तीमा हुर्के– बढेर चर्चित र्‍यापर बनेको देखाइने बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here