रणवीर सिंह र दिपिका पादुकोणको विवाह हुने पक्का |

0
945

साउन २९ काठमाण्डौ | बलिउड कपल रणवीर सिंह र दिपिका पादुकोणको विवाहकाे मिति तय भएकाे छ । लामाे समयदेखि प्रेम सम्बन्धमा रहेका रणवीर र दिपिकाकाे विवाह यसै वर्षकाे नाेभेम्वर २० मा हुने तय भएका हाे । लामाे समय देखि हल्लामै सिमित रहेकाे उनीहरुकाे विवाहकाे कुरा अन्ततः पक्का भएका छ ।

उनीहरुकाे विवाह भने इटालीमा हुने भनिएकाे छ । जहाँ केही अाफन्त र साथीहरुकाे मात्र उपस्थिति रहनेछ । मात्र ३० जना सहभागी हुने भनिएकाे विवाह पश्चात भारतमा ठूलाे पार्टिकाे अायाेजना हुने स्राेतले बताएकाे छ । रणवीर र दिपिका दुवैलाई मन पर्ने ठाउँ भएकाले विवाह इटालीमा हुन लागेकाे हाे ।

सन २०१३ काे फिल्म रामलिला बाट निकटता बढेकाे उनीहरुकाे सम्बन्ध पछि प्रेममा परिणत भएकाे थियाे ।त्यसपछिका अवार्ड वितरणका कार्यक्रमहरुमा सँधै साथमा देखिएपछि उनीहरुकाे प्रेम सम्बन्ध सार्वजनिक भएकाे थियाे । केही महिना अघि रिलिज भएकाे सुपरहिट फिल्म पद्मावत मा पनि दिपिका र रणवीरकाे उत्कृष्ट प्रस्तुति देखिएकाे थियाे ।

रणवीर र दिपिका दुवैका फ्यान यतिबेला निकै उत्साहित छन् ।

सामाजिक सञ्जालमा यो जोडीको फ्यान फलोइङ ठूलो छ । सञ्जालका प्रयोगकर्ताहरुले जोडीको कैयौं फ्यान पेज पनि बनाएका छन् । यो जोडीप्रति प्रशंसकहरुको प्रेम कस्तो छ भने, उनीहरुले जोडीको नाम ‘दीपवीर’ राखेका छन् । स्रोत शिखर news |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here