एजेन्सी- रणवीर सिंह र करिना कपुरकी सौतेनी छोरी सारा अली खान अभिनित फिल्म सिम्बा १०० करोडको क्लबमा प्रबेश गरेको छ । फिल्मले चार दिनमा ९६।३५ करोड रुपैयाँ कलेक्शन गरेको छ। ट्रेल एनालिस्ट तरण आदर्शका अनुसार फिल्म चाँडै सय करोड क्लबमा पुग्नेछ। फिल्ममा उनको र साराको अभिनयलाई अत्यन्तै मन पराइएको छ ।
अत्यन्तै बिलासी जीबन जिउन मन पराउने रणवीर सँग करोडौं रुपैयाँका बंगला र कार छन्।रणवीरको गोवामा एक बंगला छ, जसको मूल्य ९ करोड रुपैयाँ हो। त्यसबाहेक मुम्बई गोरेगाँउमा उनको एउटा प्mलाट छ। जसको मूल्य दश करोड रुपैयाँ पर्छ। प्रभादेवी, मुम्बईमा सी–फेसिङ र एउटा फ्याट छ, जसको मूल्य १५ करोड रुपैयाँ पर्छ।
दीपिका पादुकोणसँग विवाहपछि दीपवीरले मुम्बईमा एउटा ५० करोडको बंगला किनेका छन्।२०१० मा रिलीज भएको फिल्म ‘ब्याण्ड बाजा बरात’ बाट बलिउडम डेब्यू गरेका उनले अहिले सम्म १४ फिल्ममा सफल अभिनय गरेका छन् ।