रन्जना हत्या प्रकरण :पोखरा बाट जेठाजु र श्रीमान् पक्राउ !

0
1690

माघ १५ सोमाबार काठमाण्डौ !
जनकपुर उपमहानगर पालिका २ किशोरनगरीमा गत ८ पुषमा हत्या गरिएकी २२ बर्षिय रन्जना शर्माको हत्यामा संलग्न भएको हुन सक्ने आशंकामा तिन जना पक्राउ परेका छन् ! पोखराबाट उनका श्रीमान् आनन्द मोहन शर्मा ,जेठाजु अरबिन्द ठाकुर ,र उनकी श्रीमती रिकुकुमारी शर्मालाई पक्राउ गरिएको हो ! जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख डिएसपी अशोक सिंहले जिल्ला प्रहरी कार्यालय ,धनुषाको पत्र अनुसार उनीहरुलाई पक्राउ गरिएको बताए ! रंजनाको परिवारले दाइजोका कारण उनको हत्या भएको दाबि गर्दै आएको छ ! यस अघि धनुषा जिल्ला अदालतले रंजनाका ससुरा ६२ बर्षीय देवनारायण ठाकुरलाई पुर्बपक्षका लागि कारागार चलान गरि सकेको छ ! जिल्ला अदालत धनुषाका न्यायधिश बाशुदेव उप्रेतीको एकल ईजलासले ठाकुरलाई महोत्तरीको जलेश्वर कारागार पठाउने आदेश दिएको थियो ! रंजनाकी सासु सुमित्रा देबी शर्मालाई सामान्य तारिखमा रिहा गरेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here