रविका समर्थकले निकाले “ जताततै चर्चा छ रवि लामिछाने” बोलको गीत (भिडियोसहित)

0
1302

काठमाडौं । नेपालका लोकप्रिय पत्रकार रवि लामिछानेको कामको प्रशंसा गर्दै “ जताततै चर्चा छ रवि लामिछाने” बोलको गीत सार्वजनिक भएको छ। ‘सिधा कुरा जनतासँग’को प्रस्तोता तथा लोकप्रिय पत्रकार लामिछानेलाई काम गर्न हौसला दिँदै बुलबुल मिडियाद्वारा सञ्चारकर्मी कृष्ण बाबु पाण्डेले यो गीत बजारमा ल्याएका हुन ।

गायक वसन्त लम्साल र गायिका सकुन्तला ढकालको स्वरमा रहेको उक्त गीतमा सञ्चारकर्मी कृष्ण बाबुको शब्द रहेको छ । विष्णु भट्टराईले निर्देशन र सम्पादनमा रहेको यो गीतमा सञ्चारकर्मी कृष्ण बाबु, ऋतु तामाङ, कुनचन्द्र पुरी, ओम हरि आचार्य र भुवन खड्काको अभिनय रहेको छ ।

नेपालमा भ्रष्टाचार अनियमित र अन्यायमा परेका जनतालाई रविको पत्रकारिताले ठुलो काम गरेको भन्दै गीतको माध्यमबाट रविलाई करोड जनताको साथ रहेको समेत बताएका छन् । छोटो समयमै नेपालीको मनमुटुमा बस्न सफल रवि लामिछानेलाई लिएर यो गीत पहिलोपटक सार्वजनिक भएसव्गै यसले चर्चा बटुलेको छ ।
लामिछानेको कार्य गतिविधिको चर्चा गर्दै बनेको यो गीत सबैले रुचाउछन भन्नेमा गीत निर्माताले आशा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here