राजनीतिक पहुँचमा वडाअध्यक्षले पशुपतिनाथ परिसरमा टेन्डर बिनानै आफ्नालाई मनोमानी महोत्सव गर्न दिंदै !

0
1341

फाल्गुन २ बुधबार काठमान्डौ !राजनीतिक पहुँचमा वडा अध्यक्षले पशुपतिनाथ परिसरमा बिना टेन्डर आह्वाननै महोत्सव गराउंदै भन्ने समाचार आएको छ ! काठमाण्डौ बिगत कयौं बर्ष देखि पशुपतिनाथ परिसरमा शिवरात्रि देखि अन्य चाड पर्वको समयमा मेला महोत्सव हुँदै आएको छ ! यसपाली पनि हिन्दुहरुको महान पर्व शिवरात्रिमा पशुपतिनाथमा शिवरात्रि मेला महोत्सव हुने निश्चित हुने भएपनि बिगतका बर्षहरुमा मेला महोत्सव गर्नका लागि पशुपति बिकाश कोषले टेन्डर आह्वान गरेर पशुपतिको बिकाश कोषमा राजश्व बुझाएर मात्र महोत्सव गरिंदै आएको सबैमा जानकारी छदैछ ! बिगत पांच बर्ष देखि ठेक्का आह्वान गरेर मेला आयोजना गरि पशुपति बिकाश कोषमा करिब (१८ ,५००००) अठार लाख पचास हजार र कर सहित (२१,५००००) एक्काइस लाख पचास हजार राजस्व संकलन हुँदै आएको महोत्सव यस बर्ष भने जान प्रतिनिधि वडा अधयक्षको राजनीति शक्तिको आड र पहलमा स्थानीय आफन्त पर्नेलाई एकलौटी रुपमा बाटोमा र अन्य ठाउँमा मेला आयोजना गर्न दिएको कुरा बाहिरिएको छ !
वडा अध्यक्ष दिनेश कुमार डंगोलले पशुपति क्षेत्र बिकाश कोषको कर्मचारीलाई समेत प्रभावित पारेर नाता पर्ने आफन्तलाई एकलौटी रुपमा टेन्डर आह्वान नगरी मेला आयोजना गर्न वडा कार्यालयबाट सिफारिस दिएर मेला आयोजना गर्न दिएको जानकारहरुको गुनासो रहेको छ ! जसले गर्दा पशुपतिनाथ क्षेत्र बिकाश कोषले संकलन गर्दै आएको रकम समेत आर्थिक रुपमा घाटा ब्योहोर्दै राज्यले समेत घाटा व्यहोर्नु परेको छ !मुलुक लोकतन्त्र पद्धतिबाट प्रदेश राज्यमा गएको बेला जन प्रतिनिधिहरु बाटनै अपारदर्शिता अपनाएर टेन्डर आह्वान नगरी एकलौटी रुपमा महोत्सव आयोजना गर्न दिनु भनेको प्रजातान्त्रिक पद्धतिको खिल्ली उडाएको भान हुन्छ ! जनप्रतिनिधि आफैले यस्तो कार्य गर्दा अथवा पैसा र शक्तिको र आफन्तको प्रभाव र प्रलोभनमा परेर यस्तो कार्य गर्दा जनताको बिश्वास जनप्रतिनिधिबाट हट्ने स्थानिय बासिन्दाको भनाइ छ !
राजनीतिक शक्तिको आडमा आफन्तलाई यसरी टेन्डर आव्ह्वाननै नगरी मेला महोत्सव गर्न दिंदा पशुपति बिकास कोषका नवनियुक्त सदस्य सचिव प्रदिप ढकाल समेत मौन रहेको जानकारी आएको छ भने, अन्य सम्बन्धित निकाय मौन रहनुलाई सर्वसाधारणले कुन रुपमा लिने तथा जनप्रतिनिधिहरुलाइ कसरि बिश्वास गर्ने भन्ने प्रश्न खडा हुन्छ !
यस बिषयलाई समयमानै सम्बन्धित निकायले खोतल्नु पर्ने तथा सम्बन्धि सरोकार वालाहरुले आवाज उठाएर खोजि कार्य गर्न आवश्यक हुन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here