राजपाल यादव जेलबाट बाहिरिए ।

0
940

बैशाख १३ काठमान्डौ । चेक बाउन्सको अभियोगमा बालिउड अभिनेता राजपाल यादवलाई दिल्लीस्थित काडकाडुमा अदालतले ११ करोड २० हजारको जरिवानासहित ५ महिनाको कैद सजाय सुनाएको छ । राजपाल यादवकी पत्नीमाथि कुल ७ लाख रुपैयाँ बराबरको जरिवाना सुनाए पनि कैद सजाय भने छैन

अदालतबाट सजाए सुनाएको केहीसमयपछि यादव जमानतमा रिहा भएका छन् । किनभने कानून अनुसार यदी ३ वर्षभन्दा थोरै समयको सजाय सुनाइएको छ भने दोषीले उच्च अदालतमा निवेदन दिनका लािग जमानतमा रिहा हुन पाउने व्यवस्था छ ।
राजपालमाथिको अभियोग
राजपालमाथिको यो अभियोग सन् २०१० को हो । जतिबेला राजपालले फिल्म ‘अतापता लापता’ बनाउनका लागि एक ब्यापारीसँग ५ करोड रुपैयाँ ऋण लिएका थिए । उक्त ऋण फिर्ता गर्ने ग्यारेन्टी लिएर यादवले चेक दिएका थिए । तर राजपालको तर्फबाट त्यो पैसा फिर्ता नभएपछि उनीविरुद्ध व्यापारीले चेक बाउन्सको मुद्धा दर्ता गरेका थिए । मुद्दामाथि सुनुवाई गर्दै अदालतले गत १३ अप्रिलमा यादव र उनकी पत्नीलाई दोषी ठहर गरेको थियो । सजाय भने सोमबार तोकेको हो ।

राजपाल यादवले सन् २०१४ मा नेपाली कलाकार झरना बज्राचार्यसँग ‘लभ इन नेपाल’ र नेपाली फिल्म ‘करोडपती’ मा पनि अभिनय गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here