राजा ज्ञानेन्द्र पुनःराजगद्दीमा आउने सनसनीपुर्ण खुलासा !

0
162

राजा ज्ञानेन्द्र पुनः राजगद्दीमा आउने सनसनीपुर्ण खुलासा !! धेरैभन्दा धेरै कमेन्ट र सेयर गर्नुहोस!! राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ नेकपालाई फुटाएर देशमा राजा वा सेना ल्याउने खेल भइरहेको दाबी गरेका छन् ।

नाम मात्रैको भएपनि कम्युनिष्ट सरकार बनेको प्रतिगामी शक्तिहरुलाई मन नपरेका भन्दै उनले नेकपालाई फुटाउने प्रयास भइरहेको बताए । शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजमो अध्यक्ष केसीले हिन्दु राष्टको मुद्दा जोडतोडले उठ्नु, राप्रपाको एकता प्रयास, पूर्वराजा ज्ञानेन्द्रको बेलाबेलाका अभिव्यक्ति आदिले गणतन्त्रमाथि कालो बादल मडारिइएको उनले बताए । भेनेजुएला प्रकरणले पनि नेकपामा द्वन्द्व बढाउने केसीको विश्लेषण छ । ‘पूर्व माओवादीहरु अमेरिकी हस्तक्षेपको विपक्षमा छन् तर, पुर्व एमालेहरु अमेरिकाविरुद्ध उभिन डराइरहेका छन् । यसले पार्टीभित्र स्पष्ट दुई लाइन देखिएको छ’, केसीले भने, ‘प्रचण्डलाई आफूले भनेजस्तो नभए नचाइदिने अरु नै छन् ।’

भ्रष्टाचार, महंगी नियन्त्रण नहुनु, दलहरु भागवण्डा र नेताहरु आफ्नै सेवा सुविधा बढाउन लिप्त भएकाले जनतामा पनि संघीयताप्रति वितृष्णा बढेको केसीको तर्क छ । आफू विभिन्न जिल्लामा पुग्दा एकथरि जनताले राजा, राणा वा सैनिक शासन ठीक भन्न थालेको पाएको उनले सुनाए । ‘एउटा सरकार पालिन नसकेको नेपालमा सातसात वटा सरकार कसरी पाल्ने भन्ने जनतामा परेको छ’, केसीले भने । प्रदेश राख्ने नै भए एकात्मक प्रणाली अन्तरगत केन्द्रको मातहत राख्न सकिने उनले बताए । प्रदेश सरकारका कारण विदेशी हस्तक्षेप झनै बढ्ने उनको दाबी छ ।Onlinekhabar बाट

यो पनि पढ्नुहोस: यो कुरा सुरु भएको थियो २०७४ सालको नयाँ वर्षको दिन। बैशाख १ गते निन्द्राबाट ब्युझिए लगतै देब्रे हतको नाडीमा केही असहज महसुस भएको थियो। खस्रो चिज हातमा कोरिएको थियो, हेर्दा ट्याटुजस्तो देखिने छाम्दा भने कुनै कुरा टाँसिए जस्तो। बेलुका सुत्दा सामान्य नै रहको हातमा एकाबिहानै आएको अस्वभाविक परिवर्तनसंगै अनौठो अनुभुति भएपनि म डराएँ। छिटो छिटो खाटबाट उठेर बाथरुम पसेर हातमा साबुन लगाएँ। मज्जाले मिचे,पखाले। सो ट्याटु जस्तो चिज पखालिएन, बरु त्यसको रंग चेन्ज भयो। कालो गोलो घेरा देखियो। गोलो घेरा भित्र रेखाहरु आफसे आफ कोरिन थाले। हेर्दा हेर्दै गोलो आकारको दाँया बाँया घडीको दम जस्ता दुई आकार देखियो। अब घडी जस्तो आकृति प्रस्ट देखियो। घडीको १२ अंकको ठाउँमा एउटा सानो थोप्लो र ६ अंक रहने ठाउँमा अर्को थोप्लो देखे।

पानीभित्रबाट सहतमा निस्केसरी छालामा बिस्तारै तीनवटा फरक-फरक रंगका सुईहरु प्रस्ट देखिन थाले। रातो रंगको धर्सो १२ अंकतिरको थोप्लो तिर सोझियो। निलो र हरियो रंगको सुई ६ बजेको थोप्लो तिर तेस्रियो। सुईहरु देखिएको ठाउँ छाम्दा पनि महसुस हुन्थ्यो।बाथरुमबाट निस्किए। सोच्दै नसोचेको क भयो, कसलाई भन्ने मन डरायो। ‘के भएको देखाउन हस्पिटल जाउँ कि? फेरी दुखेको पोलेको केही छैन। के होला पहिले पत्ता लगाउनु पर्ने सोचे। सोच्दा सोच्दै कोठा बाहिर निस्के। नजिकै रहेको सानिमाको घर तिर तेर्सिए। सानिमाको छोरा मैरै उमेरको थियो। उसैले भन्ने आँटेर कल गरे। ‘आयुष कता छस्?’ ‘घरमा’ ‘म आउँदै छु है’ ‘ओके’, उसले फोन राख्यो।

हातको अनौठो घडी हेरे। घडीमा देखिएको दुईवटा दाँयाँबाँया रहेका दमजस्ता मध्ये एउटा अलिक बाहिर र अर्को केही भित्र छिरेको जस्तो थियो। बाहुला सारेर त्यसलाई छोपी बानेश्वर तिर लम्के। बानेश्वर चोकमा बाटो काट्नेको भित्र सदा झै बाक्लो थियो। कलेज जान लागेका केटीहरु चर्को स्वरमा गफ गर्दै थिए। चोकको बिचमा ट्राफिकको सिठ्ठिको आवाज झनै चर्को थियो। धुवाँ, धुलो, कोलाहाल, यो भन्दा त गाउँकै वातावरण ठिक। गाउँसंग तुलना गर्दै मान्छेको भिड भित्र बाटो काट्न उभिरहेको थिए। बाहुला सारेर घडी हेरे। त्यो बाहिर निस्किएको जस्तो दम थिचेझै औलाले धकेलेको मात्र के थिए, त्यो त साच्चै थिचियो, भित्र पस्यो। यो भित्र पस्नासाथ पहिले दबिएझै रहेको अर्को तिरको दम फुत्त बाहिर आयो। १२ बजे तिर तेर्सिएको रातो सुइ ६ बजेमा झर्यो। निलो सुई १२ तिर तेर्सियो। हरियो सुईमा कुनै हलचल देखिएन। छालाको सहतमा आएको हलचलबाट आँखा उठाए, अर्को अनौठो घट्यो। वरिपरि रहको बाटो काट्नेको भिड गायब! वरिपरि हेरे, डाँडापाखा अनि वनजंगल मात्र।

ती डाँडापाखा अरु कतै नभइ उही पुरानो गाउँको थियो, जुन केही बेर अघि सम्झदै थिए। यताउता डुले, बानेश्वरबाट एकाएक गाउँमा कसरी आइपुगे, केही बुझ्न सकिन। हातको घडी हेरे। घडीको कालो गोलाकार आकार कालो थिएन। बरु चम्किलो सेतो गोलाकार भित्र रातो, निलो र हरियो सुई प्रस्ट थियो। घर भएको ठाउँमा आइपुगे। अर्को अनौठो भयो। ठाउँ त त्यहि थियो तर त्यहाँ घरको कुनै नामनिशान थिएन। केही बेर बसेर केही परको बजार तिर लागे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here