राजेशपायलको खुल्यो प्रेम |

0
1345

काठमाडौं – अबिबाहित गायक राजेशपायल राईको बिबाह चर्चा जहिले पनि चल्ने गरेको छ । उनी प्रेममा समेत नरहेका समचारले कयौ पटक मिडिया नतातेको पनि होइन ।
तर यी नै गायक राई ‘तिम्लाई मन पराउनु मेरो गल्ती होइन’ भन्दै अहिले देखिएका छन् । गीतकार दर्पण राईको अर्को नयाँ गीतमा राजेशले यी शब्द ब्यक्त गरेका हुन् । गीत भिडियो सहित सार्वजनिक गरिएको हो ।
महेन्द्र राईको संगीत रहेको भिडियोमा निराजन प्रधान र सम्झना राईका अलावा दर्पणको पनि अभिनय हेर्न सकिन्छ । सुशांक कँडेलले निर्देशन गरेको यस भिडियोलाई दर्पणलाई सस्पेन्सका रुपमा प्रस्तुत गरिएको छ । वान साइटेड लभस्टारी प्ले गरिएको यस भिडियोलाई हरि हुमागाइँले खिचेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here