राजेश पायल राई र ​गायिका किशु गुरुङको आवाजमा” तिमि हास बिहानी झै खुली दिन्छु म”बोलको गितको रेकर्डिङ्ग समपन्न !!!

0
3360


कभर गीतहरुबाट गायन यात्रा सुरु गरेकी किशुले मूलधारको संगीत क्षेत्रमा नआइसके पनि सामाजिक सञ्जाल र युट्युबजस्ता माध्यमहरुमार्फत् पहिले नै आफ्ना फ्यानहरुको जमात निर्माण गरिसकेकी थिइन् । ‘फ्यानहरुकै कारणले नै दुईवर्ष अघिमात्र आफ्नै व्यक्तिगत फेसबुक अकाउन्ट मार्फत कभर गरिएको गित सार्बजनिक गरेकी थिइन्’ उनले हाँस्दै बताइन् ।

अहिलेका सर्वाधिक रुचाइएका चर्चित गायक राजेश पायल राई र गायिका किशु गुरुङको सुमधुर स्वरमा रहेको गितमा उत्कृष्ट शब्द योगेश बानु राईको रहेको छ भने पुस्कर सुनुवारको संगीत रहेको गित गाइसकेकी छिन् भने , योगेश बानु राईको उत्कृष्ट शब्द र अनुराग श्रेष्ठको संगीतमा नयाँ गीत रेकर्डिङ्ग गर्ने तयारीमा रहेका गायिका किशु गुरुङले जानकारी दिएकी छिन् ।
किशु गुरुङले गाउनु भएको कभर गित :- आकशै मा चिल हो कि बेशहारा:उर्दै आयो हवई जहाज :थुन्चेको भारी बिसाउदै :ए माया सुनकोसिको छेउ ,जस्ता चर्चित गीतहरु गाउनका साथै अहिलेका चर्चित संगीतकार ,रमेश युडी, रबी लामा,भक्त लुंगेली, सदन राई, भिम सुनुवार, सुहाङ्ग लिम्बु , पुस्कर सुनुवारको संगीतमा आवाज दिई सकेकी छिन् । उनले केहि समय अघिदेखि गायनबाट अघि सरेर आफ्नै शब्द र कुमार दुमिको संगीतमा रहेको “पूर्ब झापा बिर्तामोड”बोलको गित बजारमा सार्बजनिक गरिसकेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here