राष्ट्रपति असन्तुष्ट : दलसंग छलफल नगरी सिफारिस गरिएका नाममा !

0
1354

माघ २८ आइतबार काठमाण्डौ !
राष्ट्रियसभा सदस्यका लागि मन्त्रिपरिषदले सिफारिस गरेको तिन नाममा राष्ट्रपति बिद्यादेवी भण्डारीले असन्तुष्टि जनाएकी छिन् ! दलहरुसंग छलफल नगरी सिफारिस गरिएको भन्दै राष्ट्रपतिले सिफ़ारिस गरिएका नामहरु प्रति असन्तुष्टि ब्यक्त गरेकी हुन् ! शुक्रबारको मन्त्रिपरिषद्को बैठकले कृष्ण प्रसाद पौडेल ,गोपाल बस्नेत र चाँदनी जोशीको नाम राष्ट्रियसभामा मनोनयन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ! तर राष्ट्रपतिले दलहरुसंग परामर्श नगरी नामहरु सिफारिस गरेको भन्दै ति नामहरु प्रति असन्तुष्टि जनाएकी छिन् ! संविधान अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले तिन सदस्य मनोनयन गर्ने व्यवस्था छ ! राष्ट्रियसभाका ५९ मध्ये ५६ जना निर्वाचित भईसकेका छन् ! शनिबार बिदा भएकाले मन्त्रिपरिषद्को सिफारिसको बारेमा अध्यन गर्न बाँकी रहेको राष्ट्रपति कार्यालयका एक उच्च अधिकारीले बताए ! वामपन्थी गठबन्धनले अत्यधिक बहुमत पाएर सरकार गठन गर्न लागेका बेला कांग्रेसले एकलौटी रुपमा तीनजनाको सिफारिस गरेकाले तिनै व्यक्तिलाई राष्ट्रपतिले तत्काल मनोनयन गर्ने सम्भावना नरहेको स्रोतले जनाएको छ ! राष्ट्रपतिले आवश्यक परामर्सपछि यसबारे निर्णय हुने ति अधिकारीले बताए ! नाम सिफारिस भएर आएको छ तर , यसबारे परामर्श बाँकी छ,ति अधिकारीले भने ! यसबारे पर्याप्त छलफल गरेपछि मात्रै राष्ट्रपतिले मनोनयन गर्नुहुनेछ ! राष्ट्रपतिका एक सल्लाहकारले भने वाम गठबन्धनले यत्रो बहुमत पाएको छ ! दलहरु बीच छलफल गरेर सहमतिका आधारमा नाम सिफारिस गरेको भए राष्ट्रपति ज्युलाई सजिलोहुन्थ्यो ! तर कतै छलफल र सहमति नगरी (खाए खा नखाए घिच) भन्ने शैलीमा गरिएको सिफारिसमाथि परामर्श नगरी मनोनयन हुने सम्भावना छैन ! सरकारले सिफारिस गरेका नाममा केहि समय परामर्शमै रहने र नयाँ सरकार बनेपछि नयाँ जनादेश अनुसारको सिफारिस हुन सक्ने स्रोतको, दावी छ ! तिन जनाको मनोनयनले सरकार गठनमा कुनै असर गर्दैन ! केहि समय परामर्श हुँदै गर्छ !, दलहरु बिचपनि परामर्श होला स्रोतले भन्यो !सरकारले गरेका मध्ये पौडेल कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव हुन् भने, बस्नेत कांग्रेसका झापा जिल्लाका पुर्व सचिव हुन् ! जोशी अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा काम गरेकी महिला हुन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here