राष्ट्रपति भण्डारीले गरीन समुदाय लाइ बस्ति हस्तान्तरण ।

0
1119

बैशाख १७ काठमाण्डौ । सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिका भीमटारमा निर्माण गरिएको बस्ती समुदायलाई हस्तान्तरण गरेकी छिन् । एसओएस बालग्रामद्वारा निर्मित एक सय ७७ भूकम्पपीडितको घर रहेको बस्तीलाई आइतबार भण्डारीले समुदायलाई हस्तान्तरण गरेकी हुन् ।

हस्तान्तरण कार्यक्रममा इन्द्रावती गाउँपालिका–१२ का अध्यक्ष कमलरत्न दनुवारलाई साँचो प्रदान गर्दै अब वस्ती स्थानीयको भएको सन्देश प्रवाह गरिन् । बस्ती हस्तान्तरणका साथै उनले सामुदायिक भवनको शिलालेख अनावरण, विद्यालय भवनको उद्घाटन, विद्यालय प्रांगणमा वृक्षारोपण गरेकी थिइन् । कुल २७ करोडको लागतमा बनेको बस्तीलाई राष्ट्रपति भण्डारीले अवलोकनसमेत गरिन् । भूकम्पले ग्राउण्ड जिरो बनाएको सीमान्तकृत माझी समुदाय नयाँ घर पाएसँगै खुशी भएका छन् । नयाँ घरमा बस्न पाउने भएपछि बस्ती हस्तान्तरणका लागि आएकी राष्ट्रपति भण्डारीलाई स्थानीयले फूल, मालाले सम्मान गर्दै भब्य स्वागत गरेका थिए ।

बस्ती हस्तान्तरण गर्दै भण्डारीले गाउँको विकास र समृद्धिका लागि स्थानीयवासी जागरुक हुनुपर्ने बताइन् । उनले सिन्धुपाल्चोक नेपालकै नमूना जिल्ला भएको बताउँदै लगानीमैत्री वातावरण निर्माण गरि गाउँमै रोजगारी भित्र्याउनुपर्नेमा जोड दिइन् । ‘सिन्धुपाल्चोकलाई समृद्ध बनाउने काम अगाडी बढ्नेछ, यसको संरक्षणको अगुवाई स्थानीय सरकारले गर्नुपर्छ ।’सीमान्तकृत बस्ती निर्माण गरेको एसओएसलाई उनले सरकारलाई सहयोग गरेकोमा विशेष धन्यवाद दिइन् । ‘विपन्न वर्गलाई सहयोग गरेकोयो काम निकै प्रशसनीय छ,’ उनले भनिन् ।

दनुवार बस्तीको निरीक्षण गरिसकेपछि भिमेश्वरी माध्यमिक विद्यालय हस्तान्तरण गरेकी राष्ट्रपति भण्डारीले समृद्ध मानव बस्ती विकासमा लाग्न आग्रह गरिन् । ‘हेलम्बु, तातोपानी जस्ता महत्वपूर्ण क्षेत्रको प्रर्वद्धन गरिन आवश्यक छ, कृषि उत्पादन अगाडी बढाउन सिचाईं अत्यावश्यक देखिन्छ’- उनले भनिन् । उनले बन्द रहेको तातोपानी नाका खोल्नुपर्ने र मेलम्चीको पानी राजधानी पुऱ्याउनेजस्ता कुरा तत्कालै गर्न पहलकदमी लिएको सुनाइन् ।

एसओएसका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्माले गाउको स्वरुपलाई बस्तीले थप व्यवस्थित बनाएकोमा खुशी व्यक्त गरे । ‘गाउँको मौलिकतालाई ध्यानमा राखेर बस्ती बनाइएको छ, दुईकोठे भवन मापदण्डनुसार इट्टा, बालुवाको प्रयोग छ,’ उनले भने । स्रोत( घटना विचार डट कम )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here