राष्ट्रियसभाकी सांसद तथा गायिका कोमल वलीले आफ्नो विवाहको मिति सार्वजनिक गरीन |

0
637

पुष २० काठमाण्डौ | राष्ट्रियसभाकी सांसद तथा गायिका कोमल वलीले आफ्नो विवाहको मिति सार्वजनिक गरेकी छन् । उनले ठ्याक्कै दिनै नतोकेता पनि यही सन् २०१९ भित्रै आफ्नो स्वयम्बर हुने खुलासा गरेकी हुन् ।
काठमाडौंको रिपोर्टर्स क्लब नेपालमा मंगलबार आयोजित एक अनलाइनको उदघाटन कार्यक्रममा उनले भनिन्, ‘२०१९ को पहिलो दिनमा माइस्वयम्बर डटकमको उद्घाटन गरेकी छु, यो साल वर भेटिने छ । मेरो पनि यही साल स्वयम्बर हुन्छ ।’

हिन्दु धर्मलाई वैज्ञानिक धर्म रहेको बताउने उनले भनिन्, ‘हाम्रो हिन्दु धर्म विज्ञानभन्दापनि अगाडि छ । हाम्रो संस्कृति, हिन्दुधर्म विज्ञानमा आधारित छ, विज्ञानभन्दा पहिले छ, हामी नेपाली हिन्दु महिलाहरु मंगलबार बर्त बस्छौं, हिन्दु परम्पराले शरिरलाई स्वस्थ र मजबुद बनाउँछ भन्ने छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here