राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीले खुल्ला लोकगीत प्रतियोगिता गर्ने !

0
2211

फागुन २० काठमाण्डौ ! राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीले देशका कुना कन्दराबाट रुपन्देहीमा आइ बसोबास गरी, सांगीतिक भविष्य खोजिरहेका त्यस्ता प्रतिभालाई मध्यनजर गर्दै खुल्ला लोक गीत प्रतियोगिता गर्ने भएको छ ! राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको आयोजनामा हुन गईरहेको लोक गीत प्रतियोगितामा ईच्छुक कलाकारहरुलाई सहभागिताको लागि अनुरोध गर्दै यो सुचना प्रकाशित गरेको छ ! साथै उत्कृष्ट २ जनालाई प्रदेश स्तरीय लोक गीत प्रतियोगितामा पठाइने र त्याँहाबाट पनि उत्कृष्ट भएपछि लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा हुने राष्ट्रिय लोक गीत गायन प्रतियोगितामा सहभागी गराइने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका अध्यक्ष तथा गायक, संगीतकार, दिपक गरौजाले जानकारी दिनु भयो !
प्रतियोगिता हुने मिति :२०७४।११ ।२६ ।
स्थान :गोधुली रोधी घर मिलन चोक बुटवल
समय : बिहान ठिक १० बजे
आयोजक :राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देही :
यस प्रतियोगिताको बारेमा अरु केहि जानकारी प्राप्तको लागि अध्यक्ष दिपक गरौजा ९८४७१५३८६०, सचिब दिपु मगर ९८५७०४२९५० ,कार्यक्रम संयोजक उज्वल गिरी ९८४७४६०११४ मा सम्पर्क गरि बुझ्न सकिने पनि अध्यक्ष दिपक गरौजाले जानकारी दिनु भयो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here