साउन २२ काठमाण्डौ | गायिका पेमा लामाको नया गीत ”नेपालकी छोरी”रिलिज भए संगै युट्युबबाट चर्चित बन्दै गैरहेको छ करिब १ हप्ता पहिला सार्बजनिक उक्त गीतमा दर्शक श्रोताहरुले आत्यधिक मन पराएका छन । पेमाको आफ्नै शब्द र आशुसेन लामाको संगीत रहेको ”नेपालकी छोरी”मा फणिन्द्र राइको संगीत संयोजन रहेको छ। निकेश खड्काको निर्देशनमा बनेको यस गीत”नेपालकी छोरी”को भिडियोमा मोडेल क्रिष्टिना थापाले दमदार अभिनय गरेकी छिन।
लामो समयदेखि बिदेशी भुमिमा रहेर पनि गायिका पेमा नेपाली गीत संगीत छेत्रमा अनबरत लागिरहेकी छिन
इजरायललाई आफ्नो कर्मथलो बनाउदै आई रहनु भएकी पेमा कलाकारहरुको गौरवमय संस्था अन्तरास्ट्रिय कलाकार मंच इजरायल शाखाकी अध्यक्ष हुन् धेरै सामाजिक कामको साथै धेरै संघसंस्थामा बसेर अनुभव बटुली सक्नु भएकी गायिका पेमाले विभिन्न सामाजिक कामहरुमा निरन्तर सहयोग पुराउदै आएकी छिन् ।
छिटै नै बजारमा नया सांगीतक एल्बम ल्याउने तयारीमा रहेकी गायिका पेमाको यस अघिको एल्बमका गीतहरु सर्वाधिक मन पराइएका छन् ।