रेखा र सबिनको हिरो रितर्न्स अब बैशाखमा !

0
1333

पुष १० सोमबार काठमाण्डौ !
अभिनेत्री रेखा थापा अभिनित चलचित्र हिरो रिटर्नले आफ्नो प्रदर्शन मिति तय गरेको छ ! निर्माण भएको लामो समय पछि निर्माण टिमले प्रदर्शन मिति तय गरेको हो ! चलचित्र आउँदो नयाँ बर्ष बैशाख २८ गतेबाट प्रदर्शनमा आउने भएको छ ! चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका हुन् ! सबिन श्रेष्ठको निर्माण तथा अभिनय रहेको छ ! सबिन र रेखाको साथमा दिल श्रेष्ठ ,सरोज खनाल ,सुलेमान् शंकर ईकु , रोशन श्रेष्ठ ,डीबी बम्जन ,शुशांत श्रेष्ठ ,किरण श्रेष्ठको अभिनय रहेको छ ! निर्माण पक्षको अनुसार चलचित्रको सिन चित्त नबुझेर केहि सिन पुन ;सुटिङ गरिएको बताइएको छ ! कमेडी एक्सन जनरा भनिएको चलचित्रमा शिबम अधिकारिको कथा रहेको छ भने, मदन कश्यप घिमिरेले खिचेका छन् ! हिरो रितर्न्समा चन्द्र गौतम कार्यकारी निर्माता हुन् ! सबिन फिल्म्सको ब्यानरमा बनेको चलचित्र हिरो रिटर्नसमा भिम न्यौपाने , अमित श्रेष्ठ ,ध्रुब न्यौपाने निर्माता छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here