रेडियो नेपालमा राष्ट्रव्यापी आधुनिक संगीत प्रतियोगिता हुने !

0
1623

फागुन २१ काठमाण्डौ ! रेडियो नेपालको ६८ औँ बार्षिकोत्सवको अवसरमा राष्ट्रिय खुल्ला आधुनिक संगीत प्रतियोगिता हुने भएको छ ! रेडियो नेपालको केन्द्रिय कार्यालय सिंहदरवारमा आयोजना हुने भएकाले ५ नम्बर प्रदेश स्तरिय प्रतियोगितामा सहभागी हुन ईच्छुक गायक गायिकाहरुले आवेदन दिनहुन यो सुचना प्रसारित गरिएको छ !
प्रतियोगिता हुने =
प्रदेश नम्बर ५ रेडियो नेपाल ५ नम्बर प्रदेश प्रसारण कार्यालय दाङ २०७४ चैत १० गते , प्रदेश स्तरबाट प्रथम, द्वितीय ,तथा तृतीय हुनेलाई २०७४ चैत १८ गते सिंहदरवार काठमाण्डौमा हुने अन्तिम चरणको प्रतियोगितामा सामेल गराइने छ !
आवेदन फारम पाइने स्थान : रेडियो नेपालको ५ नम्बर प्रदेशको कार्यालय दाङ ० ८२-४००१७९
प्रतियोगितामा सहभागी हुने गायक गायिकाहरुले आवेदनका साथमा आफुले गाउने गीतको प्रतिलिपि बुझाउनु पर्ने छ !केन्द्रिय प्रतियोगिताका साथै प्रदेश स्तरको प्रतियोगितामा सहभागी कलाकारहरु मध्ये प्रथम द्वितीय तृतीय ,हुने कलाकारहरुलाई स्वर्ण ,रजत तथा काँश्य पदक तथा प्रमाण पत्र प्रदान गरिने छ ! एउटा प्रदेशमा सहभागी कलाकारले अर्को प्रदेशमा हुने प्रतियोगितामा सहभागी हुन पाइने छैन !

फर्म बुझाउने अन्तिम मिति ;२०७४ फागुन २५ गते सम्म मात्र !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here