रोडपति बाट रोडपति भएका यी बिस्वविख्यात कलाकार |

0
995

भाद्र २१ काठमाण्डौ । कला क्षेत्रले धेरै मानिसहरूको भाग्य चम्काएको छ। धेरै व्यक्तिहरू करोडपति बनेका छन्। तर समयभन्दा ठूलो केही हुँदै भन्ने पनि प्रमाणित भएको छ। समयले धेरै व्यक्तिहरूलाई करोडपतिबाट रोडपति बनाएको पनि देखे सुनकै हो। यहाँ यस्ता १८ कलाकारको बारमा कुरा गरिएको छ जसले राम्रो कमाइ गरेर पनि आफ्नो श्रीसम्पत्तिलाई जोगाएर राख्न सकेनन्। १८ विल नेल्सन विल नेल्सन सन् १९५० को दशकका सफल संगीतकार हुन्। आइआरएसमा गएपछि सन् १९९० मा १६.७ मिलियन अमेरिक डलर कर तिर्नु पर्‍यो। जसकारण उनले कमाएको सम्पूर्ण सम्पति गुमाउनुपर्‍यो।

यसै वर्ष उनले निकालेको एल्बम द आइआरएस टेपः हु वल बाइ माइ मेमोरिजको नाफा पनि आइआरएस लियो। १७ ल्यारी किङ ल्यारी किङ एक सफल प्रस्तोता थिए। उनले सञ्चालन गर्ने टक सो ल्यारी किङ लाइभले उनलाई सफल प्रस्तोता बनाएको थिए। सन् १९६० को दशकमा उनले टक सोबाट राम्रो कमाइ गरे तर १९७० को दशकमा उनको दुरदशा सुरू भयो। सन् १९७१ मा उनलाई आफ्ना पाटनरले पाँच हजार अमेरिक डलर चोरी गरेको आरोप लगाए। उनले तीन लाख ५३ हजार अमेरिकी डलर छतिपूर्ति तिर्नुपर्‍यो। त्यसलगत्तै सुरु गरेको उनको नयाँ सो ले उनलाई नयाँ उचाइमा पुर्‍यायो । १६ कोर्टनी लभ कोर्टनी लभलाई होल ब्याण्ड प्रसिद्धि दिलाएको हो। सन् १९९० को दशकमा कार्ट क्याविनसँगको सम्बन्धले निकै चर्चा पाएको थियो। तर उनको व्यवाहर र लागुऔषधको कुलतले गर्दा उनको सम्बन्ध लाम्रो समयसम्म टिक्न सकेन। उनी धेरै पटक विवादमा पनि तानिइन्।

५४ वर्षीया कलाकार लभले सन् २०१६ मा पाँच लाख ६८ हजार अमेरिकी डलर आइआरएसलाई कर तिर्नु पर्यो। यसअघि सन् २०१४ मै उनले २७ मिलियन अमेरिकी डलर आफ्नो यसआरामको जीवनयापनका लागि खर्चिसकेकी थिइन्। १५ ग्रे बुजी ७० भन्दा बढी फिल्म अभिनय गरेका ग्रे बुजीसँग सन् २०१२ मा ५० हजार अमेरिकी डलर मात्रै उनका साथमा थियो। १० भन्दा बढी व्यक्ति तथा संस्थाहरूसँग लिएको ऋण तिर्न नसकेर उनीमाथि मुद्दा समेत चलाइएको थियो। पछि उनलाई लागुऔषध कोकिन प्रयोगको आरोप पक्राउ गरियो। १४ जेनिस डिकिन्सन सफल मोडेल जेनिस डिकिन्सन् जो पछि पहिलो सुपरमोडेल पनि बनिन्। सन्२०१३ मा उनलाई विभिन्न ठाउँबाट लिएको उदारो तिर्न नसकेको आरोप लाग्यो। ६३ वर्षीया मोडेल डिकिन्सनले एक मिलिन अमेरिकी डलर ऋण थियो। उनले कर र विभिन्न पलास्टिक सर्जरीको रकम तिर्न पनि बाँकी भएको बताइएको थियो। १३ डेनिस रोडम्यान पूर्व बास्केटबल खेलाडी डेनिस रोडम्यान सञ्चार माध्यमका लागि रोजक व्यक्ति हुन्। कारमेन इलेक्ट्रासँग सुट्कका विवाह गरेर हो वा उत्तर कोरियाका लागि अनौपचारिक राजदूत बनेर होस उनले मिडियाको ध्यान खिचिरहे। सन् उनले आफ्नो सम्पत्ति आठ अमेरिकी डलर उनले बालबालिकाको सहयोगका लागि दान गरे।

उनका वकीलले यति पैसाले उनी चाहेको जीवन जिउन सक्ने बताएका थिए। १२ ५० सेन्ट ५० सेन्ट चर्चित र्‍यापर हुन्। उनले गायन तथा व्यापारबाट मनग्य पैसा कमाइ तर पनि उनलाई अर्थिक अभाव खड्की रह्यो। सन् उनले २००५ मा बालबालिकाका लागि दिने घोषणा गरेको ३२.५ मिलियन अमेरिक डलर नदिएको आरोप लाग्यो। उनले जरिमाना पनि तर्नु पर्यो जसले गर्दा उनी ऋणमा समेत डुबे। तर उनलाई भाग्यले साथ दियो। बिटक्वइन भर्चुयल करन्चिले साथ दियो र मनग्य आम्दानी गर्न सफल भए। ११ अरोन कार्टर किशोरावस्थामा चर्चा कमाएका पप स्टार अरोन कार्टरले १८ वर्षको उमेरमै २०० मिलियन अमेरिक डलर हावामा उडाइ दिए। उनले एकदैम खर्चालु व्यक्ति मध्येका एक हुन्। उनी ब्याकस्ट्रिट ब्याएका सदस्य निक कर्टरका भाइ समेत हुन्। १० ब्रेट बुट्लर ब्रेट बुट्लरलाई एबिसीको सो ग्रेस अन्डर फायरले सफलता दिलाएको हो। ६० वर्षीया अभिनेत्री आफू आश्रयस्थलमा बस्दै आएको बताउँदै आएकी छिन्। उनी आफू कुलतमा फसेको बताएकी छन्। कुलतका कारण नै उनकी सम्पत्ति सकिएको उनले आफूले स्वीकार गरेकी छन्। ०९ ब्रुट रायनोल्ड चर्चित कलाकार ब्रुट रायनोल्डलाई श्रीमती लोनी एड्रेसनको सम्बन्धविच्छेदपछि क्षतिपूर्ति तिराउन दबाब दिइएको थियो। त्यस्तै १.२ मिलियन लागतको घर पनि मेरिल ल्यान्चले उदारो चुक्ता नगरेको भन्दै अडपेपछि उनी सम्पत्तिविहीन बनेका थिए। ०८ टोनी ब्राक्टोन गायिका टोनी ब्राक्टोनलाई सन् १९९८ मा पहिलोपटक घोटालाको आरोप लागेको थियो। विभिन्न गैर कानुनी व्यापार गरेको आरोप लागेको थियो। उनले उपचारका लागि पनि निकै पैसा खर्च गर्नु परेको थियो। उनले गीतबाट पनि राम्रो रोयल्टी पाउन सकिन्न।

२०१० सम्मा उनले विभिन्न घोटालाको भरपाइगर्दा गर्दै करोडौँ डलर ऋणमा डुबिन्। ०७ वेस्लि स्निपी वेस्लि स्निपी सपलताको शिखर चढ्दै गरेका कलाकार हुन्। उनको विभिधायुक्त अभिनय क्षमताले गर्दै चर्चामा पुर्याकएको हो। पैसा खर्च गरेको थाहा नै नपाउने उनीमा खरब व्यवहार थियो। त्यसै कारणले उनी उनले एउटा घरका लागि सम्पूर्ण कमाइ खर्चेका थिए। ०६ जोन डेप चर्चिच कलाकार जोन डेप थुप्रे राम्रा फिल्महरू र सिरिजमा अभिनय गरे गरेका छन्। त्यसबापत उनलाई मनग्य आम्दानि पनि भएको छ। तर उनले आफ्नै श्रीमतीमाथि दुर्व्यवार गरेको आरोप खेप्नु पर्योत। जसले उनको इज्जत र कमाइको ठूलो हिस्सा गुमाउनु पर्योख। सन् २०१७ मा उनले श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर त्यसबेला उनले ७ मिलियन अमेरिक डलर श्रीमतीलाई छतिपूर्ति तिर्नु परेको थियो। ०५ एमसी ह्यामर सन् १९९० मा फ्रोर्ब्सले एमसी ह्यामरको कमाइ ३३ मिलियन अमेरिकी डलर बताएको थियो। त्यसको ६ वर्षपछि उनलाई घोटालाको आरोप लाग्यो। उनले आफ्नो भौतिक वस्तु खरिदमा खर्च गरे। मुख्य त उनले आफ्नो कमाइ अलिसान घर बनाउनमा खर्चिए। ०४ लेन्डसे लोहान लेन्डसे लोहान बाल्यकालदेखि नै कलाकारितको शिखर चढ्न सुरु गरेकि हुन्। उनले आफ्नो क्षमतालाई चम्काउने क्रममा उनीलाई लागऔषध प्रयोगको कुलतमा फसिन्। उनलाई पक्राउ गरी जेल चलान पनि गरियो। त्यसपछि उनको जीवनमा अनेक आर्थिक कठिनाइ सुरु भए।

उनलाई सन् २०१६ आफ्नो ऋण चुक्ता गर्न नसकेको आरोप लाग्यो। उनले लन्डनमा रहेको एउटा फ्ल्याटको ३.५ मिलियन पाउन्ड क्षतिपूर्ति तिर्नु पर्योन ०३ आर केली चर्चित गायक आर केली सन् २०१६ मा आइआरएसको ट्याक्सको निसानामा परेको जसका कारण उनले ७३०,६८३.८० अमेरिकी डलर ट्याक्स तिर्नु पर्यो त्यस्तै सन् २०१८ मा जर्जिया मेनसनले केलीका विरुद्ध २३,०८४ अमेरिकी डलरको छतिपूर्ति माग दाबी गर्द उजुरी गरिन्। उक्त उजुरीमा उनले २,३०८.४९ अमेरिकी डलर अतिरिक्त क्षतिपूर्ति तिर्नु पर्योउ। त्यस्तै उनलाई यौन दुर्व्यवाहारको पनि आरोप लाग्यो जसले उनको पैसाका साथै इज्जतमा पनि दाग लाग्यो। ०२ निकोल्स केज हिलिउड फिल्म इन्डस्ट्रिका सर्वाधिक पारिश्रमिक लिने मध्येका एक हुन् निकोल्स केज।

तर उनलाई उनको भौतिक वस्तुप्रतिको शोखले कंगाल बनायो। उनले अभिनय गरेका फिल्म उति राम्रो चलेन। ०१ माइक टाइसन पूर्व ह्याभी वइट च्यामप्यान माइक टाइसनले २० वर्षको समयमा ४०० मिलियन अमेरिकी डलर कमाइ गरे। तर उनले कमाएको उक्त रकम खर्च गर्न भने उनलाई क्षण भर पनि लागेन। उनले महँगा गहनामा र बंगाल टाइगरमा सम्पूर्ण रकम खर्चिए। उनलाई सन् २००३ मा उनलाई धाँधलीको आरोप लग्यो। त्यस्तै उनको अपराधी गतिबिधिमा पनि संलग्नता रहेको रेकर्डले व्यक्तिगत जीवनमा समस्यामा पारेको थियो। एजेन्सी.www.thahakhabar.com/news बाट लीएको समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here