रौतहटमा ४० जना यात्रु सवार रहेको डुंगा दुर्घटनामा : सवार ४० जना मध्ये ५ जना भने पौडीएर बाच्न सफल|

0
1231

भाद्र १० काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ४०जना यात्रु चढेको डुंगा दुर्घटनामा परेको हो । डुंगामा सवार ४० जना मध्ये ५ जना भने पौडीएर बाच्न सफल भएका छन् । अन्य ३५ जना भने अझै वेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ ।

‘पाँच जना पौडिएर बाच्न सफल भएका छन्’ जिल्ला प्रशासन कार्यालयले भनेको छ,‘अन्यको खोजीकार्य भइरहेको छ ।’ बेपत्ताको खोजीको लागि जिल्ला प्रहरी कार्यालयबाट नेपाली प्रहरी, शसस्त्र प्रहरी तथा नेपाली सेनाको टोली खटिएको जिल्ला प्रशासन कार्यालय रौटहले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी छ । ओएस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here