पुष १८ काठमाण्डौ | काठमाडौँ। हिपहप शैलीबाट युट्युबमा परिचित र्यापर भिटेन यति बेला युवापुस्ताका माझ लोकप्रिय छन् । ‘गरिबु, ‘चुरोट’, ‘बैनी’, ‘लफङ्गा’, ‘खलासी आदि हिछ गीत गाएका भिटेन पछिल्लो समय अत्यन्तै रुचाइएका कलाकार हुन् ।र्याप धेरैले गाउँछन् तर शब्द, गायन शैली, टेक्निक अनि हुलिया, हरेक हिसाबले अलग छन् भिटेन। तर उनको गीतमा पनि अश्लील शब्दहरू प्रशस्तै हुन्छन् ।
जसले उनलाई आलोचनाको पात्र बनाउने गर्दछ। उनको ‘सिमसिमे पानीमा’ रातारात युट्युबको ट्रेडिङमा आयो। तर गीत कपिराइटको कारण युट्युबबाट हटाइयो। अहिले तिनै र्यापर भिटेनमाथि पोखरामा फेरि ढुङ्गा प्रहार भएको छ। पोखरामा आयोजित पोखरा सडक महोत्सवमा आयोजना गरिएको कन्सर्टमा उनी माथि ढुङ्गा प्रहार भएको हो। र्यापर भिटेन पटक पटक ढुङ्गा प्रहारको सिकार बन्ने गरेका छन्। हेर्नुस् यो भिडियो।