लागुऔषध कारबार गरेको आरोपमा दुइ युवक पक्राउ ।

0
930

चैत २६ काठमाण्डौ ।लागुऔषध नियन्त्रण व्युरो पोखराले लागुऔषध चरेश सहित २ जना युवकलाई पोखराको जिरो किमिबाट पक्राउ गरेको छ । यस घटना भन्दा अगाडी चैत्र २३ गते लागुऔषध नियन्त्रण व्यूरो पोखराले पोखराको घारीपाटनबाट दुई जनालाई गाजाँ र चरेस सहित पक्राउ गरेको थियो । उनिहरु संग कै सोधपुछ गर्दा आज निजहरुलाई पक्राउ गर्न सफल भएको लागूऔषध नियनत्रण ब्यूरो पोखराका प्रमुख प्रहरी निरीक्षक रविन्द्रमान गुरुङले बताएका छन् । पक्राउ पर्नेमा बागलुङको तारा गाउँपालिका ४ का १९ वर्षिय विष्णु कडेल र वर्ष १८ कासुवास गौतम रहेका छन् । उनिहरुको साथबाट प्रहरीले ३ केजि चरेश बरामद गरेको हो ।
बागलुङबाट पोखराका केहि स्थानमा प्रतिबन्धित लागुऔषध चरेस ल्याई विक्रिवितरण गर्दछन् भन्ने पत्ता लागेको आधारमा लागुऔषध नियन्त्रण व्यूरो पोखराबाट प्रहरी निरीक्षक रविन्द्रमान गुरुङको कमाण्डमा खटेको प्रहरी टोलिले उनिहरुलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here