लोकप्रिय गायक प्रहलाद तिमिल्सिना’को रोमान्टिक( गीत थोत्रो रेडियो)सार्वजनिक : भिडियो सहित |

0
718

मङ्सिर २३ काठमाण्डौ | नेपाली चलचित्रमा सुपर हिट गीत गाएर आफुलाई पार्श्व गायक’को छुट्टै पहिचान बनाएका प्लेब्याक गायक प्रहलाद तिमल्सिनाको रोमान्टिक गीत (थोत्रो रेडियो) सार्वजनक भएको छ |

उनका नेपाली चलचित्रका सुपर हित गीतहरु ,गाला रातै ,फिगर कोकाकोला,बट श्लोली,अप्सरा भानौकी,कहिले माया स्याड फेस,पिरो पिरो, झ्याप्पै जस्ता गीतहरु उनका सर्वाधिक चर्चित गीतहरु हुन् | चलचित्रको पार्श्व गायनमा सक्रिय रहेकै कारण आफूले दोस्रो एकल एल्बम (महक २ ) बजारमा ल्याएका गायक तिमल्सिनाले उक्त एल्बमकै रोमान्टिक (गीत थोत्रो रेडियो) सार्वजनिक गरेका हुन् |

पहिलो एल्बमका अधिकांश गीतहरु लोकप्रिय भएपछि नेपाली चलचित्रको पार्श्व गायनमा व्यस्त भएका गायक तिमिल्सिनाले यो अवधिमा एक सय वटा भन्दा बढि चलचित्रका गीतहरुमा आफ्नो स्वर प्रदान गरिसकेका छन् ।

नेपालका अधिकांश संगीतकारहरुको संगतिमा गीत गाइसकेका यी गायकले लोकप्रिय गायिकाहरुसंग समेत पार्श्व गायन गरिसकेका छन् । सार्वजनिक गीत (थोत्रो रेडियो)मा बसन्त सापकोटाको शब्द/ संगीत रहेको छ भने,उक्त गीतलाई प्रल्हाद तिमल्सिना स्वयम्’ले गाएका छन् | गीतको भिडियोमा निर्देशन नरेश वीर सिंह,छायांकन दिनेश बान्तवा,नृत्य निर्देशक दीपक सिंह,भिडियो सम्पादन: प्रकाश तुलाधर’को रहेको छ |

भिडियोमा रानी श्रेष्ठ र नरेशबिर सिंह’को रमाइलो अभिनय देख्न पाईन्छ | गीतको भिडियोलाई Highlights Nepal को यूट्युब च्यानलबाट हेर्न सकिन्छ |chiranjivi bhandari|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here