लोकप्रिय संगीतकार संतोष श्रेष्ठको राष्ट्रभक्ति एल्बम बिमोचन संपन्न !

0
1418

पौष २२ शनिबार काठमान्डौ ! गएको शनिबार लोकप्रपिय संगीतकार संतोष श्रेष्ठको राष्ट्रिय भावका गीति संग्रह एल्बम सुरक्षाको बिमोचन समारोह नेपाल पर्यटन बोर्ड भृकुटि मन्डप काठमान्डौमा राष्ट्रकवि माधब प्रसाद घिमिरेको आतिथ्यतामा र बरिष्ठ गीतकार, संगीतकारहरू कालि प्रसाद रिजाल, बरिष्ठ संगीतकार दिपक जंगम, दिनेश अधिकारी, श्री पुरूष ढकाल,रमेश क्षीतिज डा.नवराज लम्साल,भावेश भुमरी लगायतका दिग्गज ब्यक्तित्व द्वारा संयूक्तमा एल्बम सुरक्षाको बिमोचन सम्पन्न भएको थियो ! एलबम सुरक्षामा लोकप्रिय संगीतकार संतोष श्रेष्ठको एकल संगीत रहेको छ, भने गायकीमा संगीतकार श्रेष्ठ लगायत शिव परियार,मनोजराज सिवाकोटी,कर्म ग्याल्छेन बम्जन,भबिन ढुंगाना,थुप्तेन भुटिया,लगायतले संगीतकार संतोष श्रेष्ठको संगीतमा सो एल्बममा स्वर भरेका छन!

एल्बममा जम्मा जम्मी आठ वटा गीत समाबेश छन् (१) पश्चिम रून्छ महाकलि , जसलाई रचना गर्नुभएको छ, राष्ट्रकवि माधव प्रसाद घिमिरेले (२) सुन हे सुन तन्नेरी हो,जसलाई रचना गर्नुभएको छ,गीतकार कालि प्रसाद रिजालले,(३)पूर्ब जागौं पश्चिम जागौं, जसलाई रचना गर्नु भएको छ ,गीतकार दिनेश अधिकारीले (४) आफ्नो माटो सबैलाई,जसलाई रचना गर्नु भएको छ ,गीतकार श्री पुरूष ढकालले,(५)टेक्ने जमिन यहि हो,जसलाई रचना गर्नु भएको छ , गीतकार रमेश क्षीतिजले,(६) संमान गरौं देशलाई ,जसलाई रचना गर्नु भएको छ,गीतकार डा.नवराज लम्सालले,(७) सकिएला संसार छोड्न,जसलाई रचना गर्नुभएको छ,गीतकार डा.नवराज लम्सालले,(८) हाम्रो देश स्वतन्त्र छ,जसलाई रचना गर्नु भएको छ, गीतकार भावेश भुमरीले, एल्बममा समाबेश आठ

गीत मध्ये समारोहमा पहिलो गीत (पश्चिम रून्छ महाकाली) बोलको गीतको भिडियो पनी देखाईएको थियो !
जुन गीतमा गायक शिव परियारको आवाज रहेको छ ! जुन गीतलाई भिडियो निर्देशन भने चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले गरेका छन, भने सोहि गीतको भिडियोमा निर्मल शर्मा , सुमन बैरागी र सारीका घिमिरेको अभिनय देख्न पाइन्छ! सो एल्बम लोकप्रिय संगीतकार संतोष श्रेष्ठको एक्काइसौं एल्बम रहेको जानकारी संगीतकार श्रेष्ठ स्वयमले कार्यक्रममा जानकारी गराए , बिमोचन समारोहमा बिभिन्न मिडियाकर्मी सांगीतिक बिशिष्ठ ब्यक्तिहरूको बाक्लो उपस्थितिमा बिमोचन समारोह भब्य र सब्यताका साथ संपन्न भएको थियो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here