भाद्र २३ काठमाण्डौ । गायिक टीका प्रसाइँ र गायक विश्व नेपालीको स्वरमा ‘तिम्रो जोवन साह्रै रमाइलो…’ बोलको लोक अधुनिक गीत रिलिज भएको छ । डा.डिआर उपाध्यायको शब्द रहेको गीतलाई सन्तोष श्रेष्ठले संगीत दिएका छन् ।
देवेन्द्र नेवाको एरेञ्ज, चन्द्र चौधरीको मिक्सिङ रहेको गीतलाई भोला पौडेलले रेकर्डिङ गरेका हुन् ।
लोक आधुनिक शैलीमा बनेको ‘तिम्रो जोवन साह्रै रमाइलो…’को म्युजिक भिडियो युट्युवमार्फत रिलिज गरिएको छ । भिडियोलाई शिव पौडेलले निर्देशन गरेका छन् । युमी बलामी र सुनिल क्षेत्रीले म्युजिक भिडियोमा मोडलिङ गरेका छन् ।हेरौं भिडियो: sandhyatv chiranjivi bhandari