लोक दोहोरी गायक तथा संचारकर्मी दिपु मगर’को तीज गीत (चुइ चुइ चुइकने जुत्ता )सार्बजनिक: भिडियो सहित ।

0
2189

असार ३१ काठमाण्डौ । नेपाली हिन्दु नारीहरुको महान पर्व तिज आउन केही समय बांकि नै छ तर, हरेक बर्ष झैं यस बर्ष पनि तीज गीतहरुले बजार भने तताउन थालिसकेका छन।
तीजका लागी बिभिन्न गीतहरु आउने क्रम संगै भर्खरै अति मनमोहक सुन्दा नाचौं नाचौं लाग्ने गायक दिपु मगरको तिज गित “चुइ चुइ
चुइकने जुत्ता” सार्बजनिक भएको छ । पोहोर साल छुक छुके रेल, बाट निकै चर्चामा आयका गायक दिपु मगरले यस पाली सबैलाई नचाउने हेतुले ( चुइ चुइ चुइकने जुत्ता) बजारमा ल्याएका हुन् । उक्त गीतमा गायक दिपु मगर र गायिका रेनु राना मगरको स्वर रहेको छ भने ,यश गीतमा सङ्गितकार खेम सेन्चुरी लय, दिपु मगर को शब्द रहेको छ।

आशिष म्युजिक प्रालि ले बजार ब्यबस्थापन गरेको सो गीतमा चर्चित गायक मोडल रामजी खांड , आरुसी मगर र हास्यकलाकार मनिष खड्काको अभिनय रहेको छ। निर्देशन मौसम हिमाली छायाँकार दुर्गा पौडेल साथै सम्पुर्ण दृश्य निर्माण एकता फिल्मस प्रालिको रहेको छ । बिगत का बर्ष हरुमा रेनु राना मगर र दिपु मगरको सहकार्य मा धेरै तिज का गित हरु बजारमा आइसकेका छन।

1)घन्काइदेउ मादल….2)लाखौ हजारमा…..3)नाच्नु आमा नाच्नु….4)जबरजस्ती नचाइले….5)छुक छुके रेल…जस्ता धेरै गित हरु धेरै दर्शक् स्रोताले मन पाराइसकेका छन। त्यसमा पोहोर साल को तिज गित छुकछुके रेल.. समग्र 2074 सालमा निस्केका हजारौ तिज गित मध्य युट्युब भिउअर दर्शकले हेरेको आधारमा टप 5 भित्र रहेको थियो। पुर्ब मेची देखि पश्चिम महाकाली सम्म जहाँ जहाँ दोहोरी गित सुनिन्छ त्यहा सम्म छुक छुके रेल को चर्चा रहेको थियो। अहिले को बर्ष पनि त्यही जोडी रेनु राना मगर र दिपु मगर को सहकार्य मा रमाइलो पाराको नाच्न मिल्ने गित (चुइ चुइ चुइकने जुत्ता) ..बजारमा आएको छ। पोहोरको बर्ष जस्तै यसलाइ पनि माया गरिदिन को लागि सम्पुर्ण दर्शक हरु समक्ष रेनु राना मगर र दिपु मगर ले आग्रह गरेका छ्न। भिडियो हेरौं …..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here