वाम गठबन्धनको ३ अफर मधेसी दललाई !

0
1427

माघ १७ बुधबार काठमान्डौ !
वाम गठबन्धनले बनाउने नयाँ सरकारको समर्थनका लागि मधेसी दललाई उपराष्ट्रपति ,सभामुख र चार मन्त्रीको प्रस्ताव अघि सारेको छ ! वाम गठबन्धनको तर्फ़बाट नेकपा एमालेका नेता अग्नि खरेल एस्तो प्रस्ताव लिएर संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल राजपाका नेतालाई भेट्न पुगेका छन् ! आजको जनता पोष्ट मिडियामा खबर छ ! समाचार अनुसार दुई तिहाई बहुमतको सरकार बनाउनका लागि गठबन्धनका दुई घटक नेकपा एमाले र नेकपा माओबादि केन्द्रको यो प्रस्ताव मधेसी गठबन्धनलाई आएको राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले बताए ! राजपा फोरमको २१ प्रतिनिधि सभा सदस्यको समर्थन पाए वामगठबन्धनले केन्द्रमा दुई तिहाई बहुमत पुर्याउने छ ! राजपा र फोरमले संबिधान संसोधनको विषयमा वाम गठबन्धनले आफ्नो धारणा अघि सारेको खण्डमा समर्थन हुने बताउंदै आएका छन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here