विदेशको जस्तै बाटो मुग्लीन नारायणगढ”को हेरौं भिडियो सहित |

0
883

पुष १९ काठमाण्डौ | भरखरै निर्माण सम्पन्न भएको मुग्लीन नारायणगढ सडक खण्ड अन्तराष्ट्रिय स्तरको बनेको छ । यो सडकमा आवत जावत गर्नेहरुले अन्तराष्ट्रिय सडकमा गुडेको अनुभुति गर्ने गरेका छन्।नारायणगढ–मुग्लिन सडकको कुल

लम्बाई ३३ किलोमिटर भए पनि सडक आकर्षक र हेर्दा गुणस्तरीय देखिने भएकाले यात्रा गर्न रमाइलो लाग्ने भएको छ।

सडक बनि सके पछिको अवस्था निरिक्षणका क्रममा तयार पारिएको भिडियो रिपोर्ट तल प्रस्तुत गर्न खोजिएको छ। यो सडक विस्तार गरिए पनि सडकको चौडाई भने निकै साँघुरो रहेको छ ।

सडकमा भएका पुराना पुलहरु यथावत नै छन् जुन जिर्ण र साँघुरा छन्। यो सडक खण्डमा धेरै घुम्तीहरु छन् । घुम्ती सडकमा दुर्घटना हुन सक्ने सम्भावनालाई ध्यान दिएर नयाँ प्रबिधिको स्पिड ब्रेकर राखिएको छ।

जस्ले गर्दा यो हेर्दै लोभ लाग्ने सडकमा तिब्र गतिमा गाडी गुडाउन सहज छैन। तर पनि सडक नियम विपरीत गाडीहरु यसरी दौडी रहेको हाम्रो क्यामराले कैद गर्न भ्यायो।

सडकको स्तरउन्नती हुनु सुदख कुरा हो तर यो सडकको उचित प्रयोग गर्न नजान्ने हो भने सडक दुर्घटना बढाउने हुँदा यो सडकमा सवारी चलाउने चालकहरु चनाखो हुनु पर्ने देखिन्छ । हेर्नूहोस् भिडियोमा स्रोत ओएस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here