विदेशी कामदारको मलेसियामा लेभि तिर्न नपर्ने भएको छ !

0
1435

काठमाडौँ । ६ पौष मलेसियाको मानव स्रोत मन्त्रालयले आगामी जनवरी १ बाट विदेशी कामदारहरुसँग लेभि नलिने जनाएको छ। कामदारबाट लेभि नलिने तर रोजगारदाता कम्पनीबाट पनि लेभि उठाइने सो मन्त्रालयले जनाएको छ।
मलेसिया सरकारको यो निर्णयसँगै त्यहाँ रहेका नेपालीहरु कामदार खुसी भएका छन् ।

मलेसियामा निर्माण, उत्पादनमुलक, सेवा क्षेत्रमा विदेशी कामदारले वार्षिक १८ सय ५० रिंगिट लेभी तिरिरहेका थिए।
कृषि क्षेत्रमा काम गर्नेले ६ सय ४० रिंगिट, घरेलु कामदारले ४ सय १० देखि ५ सय ९० रिंगिटसम्म लेभी तिर्नुपरेको मलेसियामा रहेका नेपाली व्यवसायी हरि भट्टराईले बताएका छन् ।
मलेसियामा लेभि तिर्नुपरेपछि नेपाली कामदार जान त्यत्ति रुचाइएका थिएनन् । लेभि तिर्न नपर्ने मलेसिया सरकारको निर्णयले नेपाली कामदारको माग बढ्न सक्ने म्यानपावर व्यवसायीहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here