विद्यार्थी उभ्याउने २२ स्कुलका बस नियन्त्रणमा |

0
888

साउन २४ काठमाण्डौ | नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विद्यार्थी उभ्याउने २२ स्कुलका बस नियन्त्रणमा लिएको छ।

बुधबार क्रान्तिकारीले विद्यार्थी उभ्याउने मदरल्याण्ड, नीलगिरी, फिस्टेल एकेडेमी, कुमुदिनी होम्स लगायतका स्कुलका बस नियन्त्रणमा लिएको हो। ती स्कुलका बसले क्षमताभन्दा बढी विद्यार्थी बोकेका कारण नियन्त्रणमा लिइएको क्रान्तिकारीका केन्द्रीय सचिव तथा ४ नम्बर प्रदेश संयोजक क्षितिज सापकोटा ‘किरण’ ले जानकारी दिए।

उनले पहलिोपटक भएका कारण विद्यालय परिवारलाई चेतवनीसहित प्रिन्सिपल तथा विद्यालयका प्रतिनिधिलाइै जिम्मा लगाएर छाडेको उनले जानकारी दिए।

सचिव सापकाटाले सार्वजनिक यातायातभन्दा पनि बढी कोचाकोच गरेर विद्यार्थी चढाउने गरेका कारण चेतावनी दिन नियन्त्रणमा लिइएको बताए। ‘विद्यार्थीलाई स्कुल बसले भेँडाबाख्रा कोचेझैँ गरेर राख्ने गरेको छ’, उनले भने, ‘यसले गर्दा भोलि कतै गएर ठूलो दूर्घटना नहोस् भनेर यसो गरिएको हो।’

बसलाई रोक्ने क्रममा प्रहरीले विशाल तामाङ, आवीष्कार पौडेल र सुवास तिमिल्सेनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुलाई बुधबार बेलुका नै रिहा गरिएको छ। nepalkhabar .com |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here