विप्लवको बैठकमा प्रहरीको छापा विप्लवका दाइ पक्राउ

0
147

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पश्चिम कमाण्ड इन्चार्जसहित २१ जना नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।भारतको सीमाना नजिक पर्ने दाङको राजपुर–४ मुंग्रेटा खोलामा बैठक बसिरहेका बेला प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको बताइएको छ । स्रोतका अनुसार उनीहरु बैठक बसिरहेका थिए । ब्यूरोको बैठकका लागि मुग्रेटा पुगेर राति बास बसेका उनीहरुलाई राति नै प्रहरी पुगेर घेरा हालेर पक्राउ गरेको बुझिएको छ ।

पक्राउ पर्नेमा पश्चिम कमाण्ड इन्चार्ज रहेका चन्द्रबहादुर चन्द वीरजंगसमेत रहेका छन् । उनकै साथमा राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाँठा सुवास, दाङ जिल्ला इन्चार्ज सविन पोखरेल, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन शेर्पाली समेत रहेका छन् । वीरजंग विप्लवका दाइ समेत हुन् ।

पक्राउ परेका अन्य नेताहरु को को हुन भन्ने विवरण आइसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here