विप्लव समूह,मसाल जुलुश सहित भोलि नेपाल बन्द गर्ने |

0
804

साउन २८ काठमाण्डौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यसनिष्ट पार्टीले आफ्ना शिर्षस्थ नेतादेखि कार्यकर्ता पक्राउको विरुद्धमा आन्दोलन गरिरहेको छ । गएको मंगलबार काठमाडौँको दक्षिणकालीबाट दोस्रो वरियताका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित तीनजना पक्राउ परेको विरोधमा उसले विरोधका कार्यक्रम गरिरहेको छ । उनीहरुसहित यसअघि पक्राउ परेका सबैको विना शर्त रिहाको माग गर्दै उसले विभिन्न संघर्षका कार्यक्रम गरिरहेको छ ।

पूर्व घोषित कार्यक्रमअनुसार आज मसाल जुलुश निकाल्ने नेकपाले भोलिका लागि नेपाल बन्दको आह्वान समेत गरेको छ । काठमाडौं जिल्ला अदालतले आइतबार प्रकाण्डलाई थप ३ दिन हिरासतमा राख्न आदेश दिएको छ। जब्बरजस्ती चन्दा संकलन गरेको अभियोगमा पक्राउ परेका प्रवक्ता प्रकाण्डमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले थप ३ दिन हिरासतमै राख्न आदेश दिएको हो।

यही साउन २२ गते साँझ पार्टी कामको शिलाशिलामा हेटौंडाबाट काठमाडौं आउने क्रममा प्रवक्ता प्रकाण्डसहित ३ जना काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेको नेकपाले जनाएको छ । तर, प्रहरीले उद्योगी व्यवसायीहरुबाट करिव ७ करोड चन्दा असुली गरेको दावी सहित प्रकाण्डलाई पक्राउ परेको चन्दा ऐन अन्तरगत मुद्दा चलाएको छ।
प्रकाण्ड पक्राउपछि नेकपाले विज्ञप्ति जारी गरेर संघर्षको कार्यक्रम सार्वजनिक गरेको थियो । जसमा साउन २५ गते देशव्यापी कोणसभा गर्ने, २६ गते विरोधसभा गर्ने, २७ गते भण्डाफोर गर्ने, २८ गते मसाल जुलुश निकाल्ने र २९ गते नेपाल बन्द गर्ने उल्लेख छ ।स्रोत ओएस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here