व्यवसायीहरुको विरोध प्रदर्शन (भिडियो र फोटो फिचर)

0
145

बुटवल । बुटवलबाट राजधानी दाङ सार्ने प्रदेश ५ सरकारको प्रस्ताव विरुद्ध नेपाली काँग्रेस रुपन्देहीले आज बिहानैदेखि गरेको जिल्ला बन्द कै बीचमा रुपन्देहीका उद्योगि ब्यवसायीहरुले प्रदेश सरकारका विरुद्ध प्रदर्शन गरेका छन् ।बिहानै देखि राष्ट्रिय झण्डा बोकेर सडकमा निस्कका उद्योगि ब्यवसायीहरुको बिरोध प्रदर्शन बुटवल स्थित राजमार्ग चौराहाबाट सुरु भइृ ट्राफिक चौक पुगेर समापन भएको थियो । ट्राफिक चौकमा व्यवसायीहरुले गरेको कोणसभामा बोल्ने वक्ताहरुले साबिक लुम्बिनी क्षेत्रका सभासदहरुलाई राजिनामा दिएर सडकमा आउन आह्वान गरे ।

कोणसभामा बोल्दै नेकपाका नेता एवं उद्योग परिसंघका रुपन्देही अध्यक्ष एजाज आलमले मुख्यमन्त्रीले शंकर पोखरेलले आफ्नो मतदाता प्रतिको धर्म निभाउंदै दाङ राजधानी सार्न खोजेको भन्दै रुपन्देहीका सभासदहरुलाई मतदाता प्रतिको धर्म निभाएर राजिनामा दिन आग्रह गरे ।नेकपा कै अर्का नेता एवं पश्चिम नेपाल यातायात प्रा.लिका अध्यक्ष दधिराम खरेलले पनि साबित लुम्बिनी अञ्चलका सभासदहरुलाई राजिनामा गरेर सडकमा आउन आह्वान गर्दै पार्टीले कारवाहि गरे आगामि चुनावमा स्वतन्त्रबाट साँसद जीताएर पठाउने उदघोष गरे ।रुपन्देही ब्यापार संघका अध्यक्ष यम लोहनीले पार्टी भन्दा माथि उठेर सबै जनता सडकमा आउन सके मात्र बुटवलको अस्थायी राजधानीलाई स्थायी बनाउन सकिने बताए ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले बागमति प्रदेशलाई केन्द्रभागमा राजधानी नचाहिने, कर्णालीलाई नचाहिने, सुदुर पश्चिमलाई नचाहिने प्रदेश ५ लाईमात्र किन चाहिने भनेर प्रश्न गरे । उनले राजधानीका लागि भने बुटवलमा उद्योगि व्यवसायीक संस्थाहरुले प्रदेश सरकारलाई दिएको संरचनाहरु १५ दिन भित्र खालि गर्न चेतावनी दिए ।

व्यवसायीहरुको प्रदर्शनकै बीच नेपाली काँग्रेसका कार्यकर्ताहरुले बुटवलका बिभिन्न चोकहरुमा टायर बालेर सडक अवरुद्ध बनाएका थिए । सम्भाब्य झडपलाई ध्यानमा राख्दै रुपन्देही प्रशासनले आज बिहान ६ बजे देखि २१ गते सांझ ६ बजे सम्म लागुहुने गरि बुटवल उपमहानगर क्षेत्रका बिभिन्न चौकहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।भिडियो सहित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here