शक्तिशाली भूकम्प मेक्सिकोमा गया पछि भूकम्प, मा मृत्यु हुनेको संख्या १३० पुग्यो

0
1699

काठमाडौं, ४ असोज । मेक्सिकोमा ७.१ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको छ । मेक्सिकोको राजधानी मेक्सिको सिटीमा गएको उक्त शक्तिशाली भूकम्पले मोरेलोस, प्युब्ला र मेक्सिको राज्यमा क्षति पुर्याएको बीबीसीले जनाएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक सय ३० पुगेको छ ।

मेक्सिको सिटीबाट १२० किलोमिटर टाढाको प्युब्ला राज्यको एटेन्सिङ्गोलाई केन्द्रविन्दु बनाएर गएको उक्त भूकम्प प्रभावित क्षेत्रहरुका कयौं घरहरु भत्किएका र भग्नावशेषभित्र पुरिएकाहरुको उद्धार कार्य भइरहेको छ ।

उद्धारकर्ताहरुले मृत्यु हुनेको संख्या बढ्ने बताएका छन्। भूकम्पको खतरामा रहेको मेक्सिकोमा केही दिन अघि ८.१ म्याग्नीच्यूडको भूकम्प जाँदा ९० जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here