शाहरुख खान अभिनित फिल्म जिरोलाई टक्कर दिन फिल्म ‘केजिएफ’ आउंदै छ |

0
689

पुष ५ काठमाण्डौ | डिसेम्बर २१ मा रिलिज हुने शाहरुख खान अभिनित फिल्म जिरोलाई टक्कर दिन आउँदैछ फिल्म ‘केजिएफ’ । भारतीय मिडिायाका अनुसार उक्त फिल्म चार डब भाषामा डब भएर शुक्रबार रिलिज हुने तयारीमा रहेको छ । कन्नड सिनेमा ‘केजिएफः च्याप्टर १’ सिनेमा भारतभरका २ हजार पर्दामा रिलिज हुने बताइएको छ ।

द हिन्दुुको अनलाइन संस्करणमा प्रकाशित समाचार अनुसार हालसम्मकै महँगो मानिएको यो सिनेमा कन्नडसहित तमिल, तेलेगु, मल्यालम तथा हिन्दीमा रिलिज हुँदैछ। प्रशान्त निल निर्देशित सिनेमामा यशले सन् ७० को दशकका एक ग्याङ्स्टरको भूमिकामा अभिनय गरेका छन्।एजेन्सी ।

द हिन्दुुमा प्रकाशित समाचारका अनुसार सिनेमा हिन्दीमा करिब १ हजार पर्दामा लाग्दैछ भने कन्नडमा ४०० पर्दामा लाग्नेछ। धमाकेदार तयारीका साथ
फिल्म ‘केजिएफ’ आउने तयारी रहेका बेला शाहरुखले भने एक अन्तरवार्तामा आँफुलाई डर लागैको बताएका थिठए । क्याटरिना कैफ, अजनुष्का शर्मा , लगायतका चर्चित कलाकारहरु अभिनित फिल्मले कस्तो प्रर्दशन गर्ने हो भन्ने कुरा अबको केही घण्टामा नै थाहा लाग्नेछ । ओ एस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here