पुष ५ काठमाण्डौ | चार डब भाषाको साथमा शुक्रबार रिलिज हुने कन्नड सिनेमा ‘केजिएफः च्याप्टर १’ सिनेमा भारतभरका २ हजार पर्दामा रिलिज हुने भएको छ। ‘द हिन्दु’को अनलाइन संस्करणमा प्रकाशित समाचार अनुसार हालसम्मकै महँगो मानिएको यो सिनेमा कन्नडसहित तमिल, तेलेगु, मल्यालम तथा हिन्दीमा रिलिज हुँदैछ। प्रशान्त निल निर्देशित सिनेमामा यशले सन् ७० को दशकका एक ग्याङ्स्टरको भूमिकामा अभिनय गरेका छन्।
‘द हिन्दु’मा प्रकाशित समाचारका अनुसार सिनेमा हिन्दीमा करिब १ हजार पर्दामा लाग्दैछ भने कन्नडमा ४०० पर्दामा लाग्नेछ।
यसैगरी सिनेमा अमेरिका तथा युरोपमा पनि रिलिज हुँदैछ।