शुभ मुर्हत,दाल भात तरकारी’को शनिबारदेखि सुटिङ्ग |

0
960

मह सञ्चारको प्रस्तुतीमा किरण केसीले निर्माण गर्ने फिल्म ‘दाल भात तरकारी’को शुभ मुर्हत गरिएको छ ।
अभिनेता, निर्माता तथा लेखक हरिवंश आचार्यको ६१ औं जन्मदिनको अवसर पारेर मंगलबार कमलादीको गणेश मन्दिर फिल्मको मुर्हत गरिएको हो ।

‘दाल भात तरकारी’को शुभ मुर्हतमा फिल्मका सम्पूर्ण टिम जसो उपस्थित थियो ।
मह जोडी, किरण केसी, निर्देशक सुदन केसी, संगीतकार शम्भुजित बाँस्कोटा, कलाकारहरु बसुन्धरा भूषाल, राजाराम पौडेल, पुष्प खड्का र आँचल शर्मा लगायत मुर्हतमा उपस्थित थिए ।

शनिबारदेखि छायाँकन सुरु हुने ‘दाल भात तरकारी’ का लागि अभिनेत्री निरुता सिंह यसै साता मुम्बईदेखि नेपाल आउँदैछिन् फिल्ममा प्रियंका कार्की, बर्षा राउत लगायतको पनि अभिनय रहनेछ ।
कमेडी जनराको दाल भात तरकारी बैशाख १३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
‘दाल भात तरकारी’ मुर्हतमा चलचित्र विकास वोर्ड अध्यक्ष निकिता पौडेल, कलाकारहरु दिपकराज गिरी, जितु नेपाल, निर्मल शर्मा लगायत उपस्थित थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here