शेरबहादुर देउवालाई विभिन्न दलका नेताहरुबाट बधाई !

0
1352

फागुन २२ काठमाण्डौ ! नेपालि कांग्रेसको नेतामा निर्वाचित भए लगत्तै कांग्रस सभापति शेरबहादुर देउवालाई विभिन्न दलका नेता तथा आफन्त देश बिदेशका नेताहरुबाट पनि बधाई आइरहेको छ ! कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा भएको सम्पन्न मतदानमा उनले आफ्ना प्रतिद्वंदी पार्टीका पुर्व महामंत्री प्रकाशमान सिंहलाइ पछाडी पारी आफु बिजय भएका थिए ! त्यसैले उनलाई विभिन्न दलका नेता आफन्तजनबाट बधाइको ओइरो आएको छ ! साथै उनका प्रतिद्वन्दी प्रकाशमान सिंहले पनि उनलाई कार्यकाल सफलताको कामानासंगै शुभकाना दिएका छन् भने, शेरबहादुर देउवाले आफुलाई अमुल्य मत दिने सबैप्रति आभार ब्यक्त गरेका छन् ! सभापति शेरबहादुर देउवाले कुल ६३ मत मध्ये ४४ मत प्राप्त गरी प्रकाशमान सिंहलाइ पछि पारेका थिए भने , प्रकाशमान सिंहको कुल मत जम्मा १९ प्राप्त गरी पराजय भएका थिए !
चार पटक प्रधानमंत्री भईसकेका सभापति देउवा यो निर्वाचन पछि पुन: पार्टी संसदीय दलको नेता भएका छन् ! यता प्रकाशमान सिंह पार्टीको आन्तरिक निर्वाचनमा पहिलो पटक पराजित भएका हुन् ! निर्वाचन पछि बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले सभापति देउवालाई बधाई तथा शुभकामना दिएका छन् भने, नेता सिंहलाइ प्रजातान्त्रिक प्रक्रिया अनुरुप निर्वाचनमा प्रतिष्पर्धा गर्नु भएकोमा धन्याबाद दिएका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here