शेरबहादुर देउवाले आजै बालुवाटार छाड्ने निधो गरे !

0
1978

निवर्तमान प्रधानमंत्री शेरबहादुर देउवाले आजै बालुवाटार छाड्ने भएका छन् ! हिजै प्रधामन्त्री पदबाट राजिनामा दिएका शेरबहादुर देउवाले आजै सरकारी निवास छाडेर बुढा निलकन्ठमा भएको आफ्नै घरमा गएर बस्ने भएका छन् ! नयाँ प्रधानमंत्री केपी शर्मा ओलीले सपथ लिए लगत्तै उनले सरकारी निवास छाड्न लागेका हुन् ! आज बालुवाटार छाडेर निजि निवास बुढानिलकन्ठ जाने भएका छन् ! प्रेस संयोजक गोबिन्द परियारले जानकारी दिए !
देउवाले मंत्री पदमा रहंदा सम्मको सरकारले गरेका कामको बिस्तार सहित लिखित सम्बोधन प्रस्तुत गर्दै आफ्नो नेतृत्वको सरकार सफल भएको दाबि गर्दै संघियता कार्यान्वयन नयाँ एन प्रशासनिक संरचना अनुरुप जनशक्तिको व्यवस्था र अन्य प्राविधिक तयारीलाई तिब्रता दिएको पनि बताएका थिए ! आफु मंत्री पदमा रहंदा सम्म विभिन्न समस्याका कारण सोंचे जस्तो विकाश नसकेको बाताएका थिए ! बुढीगण्डकी जलाबिध्युत ,आफ्नै देशको लगानीमा बनाउने ,काठमाण्डौ तराइ मदेश द्रूतमार्ग सेनालाई जिम्मा दिएर कार्य संचालन गर्ने मेलम्ची खानेपानी आयोजानाको कार्य अन्तिम चरणमा पुर्याउने काम भएको सम्बोधनमा उल्लेख छ ! गृहमन्त्रालयबाट बाँडिने आर्थिक जथाभावी बाँडेको देउवा आलोचित पनि भएका थिए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here